सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । बाढी र डुवानका कारण दाङमा मानविय बाहेक अन्य गरि झण्डै साढे २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । बाढी र डुवानका कारण दाङमा मानविय बाहेक अन्य गरि झण्डै साढे २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका "/>
2026-07-24 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बाढीबाट साढे २० करोड बढीको, क्षति चार सय घरधुरी बिस्थापित, ७ जनाको मृत्यु

सन्तोषकुमार गुप्ता । दाङ ६ भदौ । बाढी र डुवानका कारण दाङमा मानविय बाहेक अन्य गरि झण्डै साढे २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार समुदाय तथा व्यक्तिगत सम्पत्तीको अनुमानित क्षति बिबरण अनुसार २० करोड ४५ लाख ८० हजार ३ सय ५० रुपैयाँ बराबरको क्षति भएको हो ।

साउन २७ गते राती देखी चार दिन सम्म परेको अबिरल बर्षापछिको बाढी र डुवानले जिल्लामा घोराही, तुलसीपुर, लमही, दंगिशरण, बबई र राजपुर पालिकाका विभन्न वडामा जनधनको क्षति निम्त्याएको हो । बाढीले ३ सय ४५ विगाह खेति योग्य जग्गा कटान गर्दा ८ करोड ११ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । त्यसैगरी, १० हजार २ सय ९० क्वीन्टल अन्नबाली बगाउदा ६ करोड १७ लाख ४० हजार बराबरको नोक्सानी भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । यस्तै ५ वटा सडक तथा पुल भत्काउदा ४ करोड ८५ लाख ६३ हजार ३ सय ५० रुपैयाँ, ४ वटा बिद्यालयमा क्षति पुग्दा ३६ लाख ५० हजार, पाँच वटा माछा पोखरी बगाउदा ३४ लाख, ५ वटा कुखुराको फर्म बगाउदा २५ लाख २० हजार रुपैयाँको नोक्सानी भएको अनुमान गरिएको छ ।

त्यस्तै बाढी र डुवानबाट ३४ सय ९१ पशुचौपाया मर्दा र घाईते हुदा ४१ लाख १६ हजार ६ सय रुपैयाँ बराबरको नोक्सानी भएको पशु सेवा कार्यालयले जनाएको छ । यसैगरी टेलिफोनका तरमा असर पुग्दा ११ लाख ८५ हजार, १८ स्थानमा बिद्युतमा क्षति पुग्दा २ लाख ७० हजार, पसलमा असर पुग्दा २ लाख ७० हजार, सामुदायिक स्रोत केन्द्र तथा भवनहरुमा बाढी पस्दा २ लाख ५० हजार र एउटा स्वास्थ्य चौकीमा असर गर्दा ८० हजार रुपैयाँको नोक्सानी भएको प्रारम्भिक विवरण संकलन भएको केन्द्रका सुचना अधिकृत खिलानाथ दाहालले जानकारी दिएका छन् । बाढी र डुवानले र्पुयाएको क्षतिको एकीन बिबरण संकलनका लागि स्वयम सेवकहरु परिचालन भएको प्रशासनले जनाएको छ । पिडित बनेकाहरुको घरधुरी सर्बेक्षणका लागि ५० जना स्वयम सेवकहरुलाई परिचालन गरिएको र केही दिनमा पूर्ण बिबरणहरु सार्वजनिक गर्ने केन्द्रको भनाई छ ।

चार सय घर भत्किए 

बाढी र डुवानका कारण दाङका झण्डै ४ सय घर पूर्णरुपमा भत्किएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार बाढी र डुवानका कारण जिल्लामा ३ सय ९१ घर पूर्णरुपमा भत्कीएका छन् । गत साउन २७ गते देखी चार दिन परेको अबिरल बर्षापछि आएको बाढी र डुवानले तुलसीपुर उपमहानगरपालिका भित्र १ सय ७, दंगिशरण गाउँपालिकामा १ सय ३, बबई गाउँपालिकामा ८०, लमही नगरपालिकामा ५८, राजपुर गाउँपालिकामा २९ र घोराही उपमहानगर क्षेत्रमा १४ घर पूर्णरुपमा भत्कीएको पाईएको छ । ति ६ वटा स्थानिय तहका गाउँमा ४ सय ५३ वटा घरमा आंशिक क्षति पुगेको छ ।

एक हजार ८ सय बिस्थापित

घर भत्कीएपछि ३ सय ९१ घरधुरीका १ हजार ८ सय ५८ जना विस्थापित भएका छन् । विस्थापितहरु त्रिपाल, आफन्ती र सामुदायिक भवनहरुमा आश्रय लिएर बसेका छ ् । बाढी र डुवानले ८ सय ४४ घरधुरीका ४ हजार ७ जना प्रभावित भएको केन्द्रका सुचना अधिकृत दाहालले जानकारी दिए ।

७ को मृत्यु, १ बेपत्ता

बाढी र खोलाले बगाउदा अहिले सम्म ७ जनाको मृत्युभएको, एक जना बेपत्ता भएको र दुई जना घाईते भएको सरकारी तथ्यांकमा उल्लेख छ । मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका १३ सिमलखुटी का ४८ बर्षिया भगवती सुनार, तुलसीपुर ४ जितपुरका २८ बर्षिय नरबहादुर रावत, तुलसीपुर ११ का ४० बर्षिय मेघबहादुर केसी रहेका छन् । त्यसैगरी, तुलसीपुर बल्लेका ४६ बर्षिय भिमराज पाण्डे, घोराही उपमहानगरपालिका १२ पेदाकी ३८ बर्षिया निर्मला बाठामगर, घोराही ९ का प्रियभक्त डाँगी र राजपुर गाउँपालिका १ पटौलीका १८ बर्षिय बुद्धिमान पुन रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, लमही नगरपालिका २ रनियापुरका ३८ बर्षिय सुरज चौधरी बेपत्ता छन् ।

राहत बितरण जारी

बाढी र डुवानबाट प्रभावित भएकाहरुलाई सरकारी एवं गैरसरकारी क्षेत्रबाट रातह बितरणको क्रम जारी छ । बाढीबाट पुगेको क्षतिको अबस्थालाई हेर्न प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ अधिकांश प्रभावित क्षेत्रमा पुगेका छन् । पिडितहरुलाई खाद्यान्न, त्रिपाल, भाडाबर्तन सहितका दैनिक आबस्यक पर्ने आधारभुत सामाग्रीहरु बितरणको काम भैरहेको प्रशासनले जनाएको छ । बास्तबिक पिडितहरुलाई राहत पु¥याउने उदेश्यले अहिले सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रतिनिधीहरु पिडित बस्तीमा पुगेका छन् भने स्वास्थ्य जाँच र उपचार पनि भैरहेको छ ।

डुबानबाट ३४ सय ९१ पशुचौपाया मरे, करिब ४१ लाख बढीको क्षति

अविरल बर्षापछिको बाढी र डुवानमा परि दाङमा पशु चौपायको पनि ठूलो क्षति भएको छ । जिल्ला पशु सेवा कार्यालय दाङका अनुसार पशु चौपाया, खोरगोठ र घाँस खेतीमा गरि ४१ लाख १६ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

बाढी र डुवानमा परि ३ हजार १ सय ५० वटा व्रोईलर कुखुरा मर्दा करिब ६ लाख ३० हजार, २ सय १७ वटा स्थानिय जातका कुखुरी बगाउदा १ लाख ७३ हजार ६ सय, ९४ वटा भेडाबाख्रा मर्दा ११ लाख २८ हजार, २८ वटा गाईगोरु मर्दा ५ लाख ६० हजार, दुई वटा भैसी मर्दा एक लाख र दुईवटा सुंगुर मर्दा २० हजार गरि ४१ लाख १६ हजार ६ सय रुपैयाँ बराबरको नोक्सानी भएको कार्यालयले जनाएको छ ।

मध्यपश्चिम क्षेत्रिय प्राकृतिक प्रकोप तथा राहत समितिका बरिष्ठ सदस्य पशुचिकित्सक डा. कृष्णराज पाण्डेको नेतृत्व र पशु सेवा कार्यालय दाङका निमित्त प्रमुख पशु बिकास अधिकृत निमबहादुर पुन सहितको टोलीले बाढी र डुवानबाट पशु चौपायामा भएको क्षतिको बिबरण संकलन गरेको हो । यता पशु सेवा कार्यालयमा प्रमुख डा. चन्द्रबहादुर रानाको अध्यतामा आज बसेको सरोकारवालाहरुको बैठक उपचारका लागि आबस्यक पर्ने औषधीको व्यवस्थापन एवं संकलन गर्न पशु चिकित्सक दिपककुमार श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । साथै पशुहरुको उपचार तथा व्यवस्थापनलाई प्रभाबकारी बनाउनका लागि पशु बिकास अधिकृत निमबहादुर पुनलाई फोकल पर्सन तोकिएको छ ।

सिसाद्वारा १२ लाखको राहत 

बाढी र डुवानका कारण पीडित बनेका दाङका नागरिकहरुलाई एक गैरसरकारी संस्थाले साढे १२ लाख मूल्य बराबरको सामाग्रीहरु सहयोग गरेको छ । सिमा नेपाल दाङले कारितास नेपालको आर्थिक सहयोगमा दाङका एक सय ८७ घरका बाढी तथा डुवान पीडितहरुलाई साढे १२ लाख मूल्य बराबरका बिभिन्न सामग्रीहरु सहयोग गरेको हो । 

खाद्य र गैरखाद्य सामग्रीहरु एक सय ८७ घरधुरी बाढी प्रभावीतहरुलाई वितरण गर्ने योजना रहेको सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीले जानकारी दिईन् । देउखुरी सहित तुलसीपुर र पश्चिम क्षेत्रका बाढी प्रभावितहरुलाई चामल, दाल, चिनी, नून, तेल, चाउचाउ, फिल्टर, मेट्रेस, तन्ना लगायतका खाद्य र गैरखाद्य सामग्रीहरु उपलब्ध गराइएको अध्यक्ष सिद्धिकीले बताईन् । 

रिहारमा १६ घर, अमेलियामा ४२ घर, तुलसीपुरको फूलबारी र रनियापुरमा ५२ घर, राजपुरमा १२ घर, बबईमा ५२ घर र घोराहीमा १३ घरका लागि सहयोग सामग्री जुटाएको सिसाले जनाएको छ । राजपुर, बबई र घोराहीका पीडितहरुलाई आइतवार सम्ममा राहत सामग्री प्रदान गरिने अध्यक्ष सिद्धिकीले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक