टेक शाही/भदौ ६, डोल्पा । डोल्पामा २ हजार २ सय ३० जना फोटो सहितको मतदता नामावलिमा नाम दर्ता गराउने थप भएका छन । 

श्रावण १ गते देखि भाद्र ३ गते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ ६, डोल्पा । डोल्पामा २ हजार २ सय ३० जना फोटो सहितको मतदता नामावलिमा नाम दर्ता गराउने थप भएका छन । 

श्रावण १ गते देखि भाद्र ३ गते"/>

2026-10-29 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा २२ सय ३० जना मतदाता थपिए


टेक शाही/भदौ ६, डोल्पा । डोल्पामा २ हजार २ सय ३० जना फोटो सहितको मतदता नामावलिमा नाम दर्ता गराउने थप भएका छन । 

श्रावण १ गते देखि भाद्र ३ गते सम्म महिला १ हजार १ सय ५० महिला र १ हजार ८० जना महिला गरि जम्मा २२ सय ३० जना थपिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

डोल्पा जिल्लामा यस भन्दा पहिले १६ हजार ७ सय ३ जना मतदाता रहेका थिए । निर्वाचन आयोगले श्रावण १ गते देखि भाद्र ३ गते सम्म ३५ दिनको समयमा २ हजार २ सय ३० जना थप भएका जिल्ला निर्वाचन अधिकारि राम बहादुर बुढाले जानकारि दिए । उनका अनुसार अब डोल्पा जिल्लाबाट १८ हजार ९ सय ३३ जनाले प्रदेश सभा र प्रतिनिधि सभाको लागि मतदान गर्न पाउने छन ।

निर्वाचन आयोगले दिएको ३५ दिनको समयमा डोल्पा जिल्लाको निर्वाचन कार्यालयबाट २६ जनाले त्रुटि सच्याएका छन । त्यसै गरि २ जनाले जिल्ला बाहिर नामा सरेका छन भने ५६ जनाले जिल्ला भित्र नामा सारेका र २ जनाले मतदाता नामावलिबाट नाम हटाएको कम्प्यूटर अप्रेटर श्याम कुमार राइले जानकारि दिए । राइले भने ३ हजार पुर्याउने लक्ष्य रहे पनि ९० प्रतिशत मतदाता थप गर्न सफल भयौ ।

भौगोलिक रुपमा ठुलो भए पनि ३६ हजार ४ सय जनसँख्या रहेको डोल्पा जिल्लामा झण्डै १९ हजारले मात्र मदतान गर्न पाउने छन । २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटा स्थानिय तह रहेको डोल्पामा निर्वाचन कार्यालयले सबै स्थानिय तहमा तस्विर खिचाउनको लागि घुम्ती टोली पठाएको जिल्ला निर्वाचन अधिकारि राम बहादर बुढाले बताए । उनका अनुसार सबै स्थानिय तहबाट धेरै भन्दा धेरै समय दिएर मतदाताहरुलाइ तस्विर खिचाएको बताए ।

सरकारले फोटो सहितको नामावलिको लागि बर्षाै पहिले देदि अभियान चलाए पनि बास्तवीक रुपमा यस्को महत्व बल्ल जनताले स्थानिय निर्वाचनबाट बुझेको बुद्धिजिवी लालिमान बुढाले बताए । उनि भन्छन एक महिनामा निर्वाचनका कार्यालयमा मात्र दैनिक सयौँको घुइचो आफुले पहिलो पटक देखेको बताए । स्थानिय निर्वाचनले नागरिकलाइ सचेत गराएको उनको दावी छ । 

स्थानिय निर्वाचन पछि जिल्ला प्रशासनबाट नागरिक्ता लिएर तस्विर खिचाउने मतदाताको सख्या धेरै भएको जिल्ला प्रशासनले जानकारि दिएको छ । जिल्लाका सबै क्षेत्रबाट नागरिकले नागारिक्ता लिने र सबैले मतदाता नामावलिमा नाम दर्ता गराउने बताएको सहयाक प्रमूख जिल्ला अधिकारी मान बहादुर बुढाले बताए । उनले भने धेरैलाइ आफले पनि नेपाली नागरित्ता लगि सके पछि निर्वाचन कार्यालयमा नामावलि दर्ता गाराउन सुझाव दिएका बताए ।

स्थानिय तहको निर्वाचनमा हरेक नागरिकले राम्रा र हाम्रा जनप्रतिनिधि चयन गर्न पाउने भए पछि नागरिकमा फोटो सहितको नामावलि आवास्यक भएको महसुस भएको डोल्पा जिल्लाका साँसद धन बहादुर बुढाले बताए । 

सँसदको निर्वाचन भन्दा अहिले जनताहरु निकै जागरुक रहेको र नागरिकहरु सचेत भएको बुढाले बताए । उनले भने डोल्पा जिल्लाबाट १९ हजारले मतदान गर्न पाउनु भनेको खुसिको कुरा हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम