भदौ ७, रामेछाप । जिल्लाको शैक्षिक क्षेत्रमा हरेक समय नयाँ आयामहरु थप्दै अगाडी बढिरहेको मन्थली स्थीत केब्स स्कूलले खगोल विज्ञान सम्बन्धि विशेष अवलोकन कार्यक्रम (प्लानेटोरियम) आयोजना गरेको छ ।

इज्मा मिडियाको प्राविधिक संयोजनमा स्कूलमा अत्याधुनिक थ्रीडि प्रविधिको प्रयोग गरी दिउँसै तारामण्डल, सौर्य प्रणाली, सूर्य चन्द्र ग्रहण आदिको अवलोकन गराइएको थियो ।

जिल्लामै पहिलोपटक आयोजना गरिएको सो कार्यक्रममा स्कूलमा अध्ययनरत कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, स्थानिय पत्रकार, छिमेकी स्कूलका शिक्षकहरु लगायतलाई सो प्लानेटोरियमको अवलोकन गराइएको थियो ।

विद्यार्थीको सिकाईलाई कक्षाकोठा र पुस्तकमा मात्र सिमित नराखी प्रयोगात्मक, सिर्जनशिल र खोजमुलक प्राविधिक शिक्षा दिने अभियानमा स्कूल लागिपरेको स्कूल प्रिन्सिपल केशव तिमल्सिनाले बताउनुभयो ।

स्कूलले विल्कुलै नयाँ र अत्यन्त प्रभावकारी प्रयोगात्मक कार्यक्रम गरेकोमा अभिभावक र विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए । सो अवलोकन कार्यक्रमको रिपोर्ट न्युज 24 टिभि र अरनिको टिभिमा समेत प्रशारण हुने बताइएको छ ।

गत महिना पनि केब्स स्कूलले ३ दिने भौतिक विज्ञान कार्यशाला तथा प्रदर्शनी आयोजना गरी कक्षा ८, ९ र १० का विद्यार्थीहरुद्वारा निर्मित विभिन्न आकर्षक विज्ञान सामग्रीहरुको प्रदर्शनी गरेको थियो ।

विद्यार्थीहरुले सो कार्यशालामा सिकेको वैज्ञानिक ज्ञानलाई प्रयोग गर्दै स्थानिय स्रोत साधनको समेत प्रयोग गरेर हावाबाट विजुली निकाल्ने यन्त्र, पानीजहाज, बिना व्याट्री चल्ने कार, भ्याकुम क्लीनर, पानी छर्ने मेसिन र जेनेरेटर लगायतका दर्जनौँ सामग्रीहरुको निर्माण र प्रदर्शनी गर्दा अवलोकनकर्ताहरु चकित परेका थिए । स्कूलको अबको धेय शैक्षिक गुणस्तरलाई उत्कृष्ट बनाउने रहेको स्कूल संचालक समितिका अध्यक्ष श्याम थापाले बताउनुभयो ।

रामेछापको केब्स स्कूलमा खगोल विज्ञान सम्बन्धि अवलोकन सम्पन्न