2026-09-19 02:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका बाढी पीडितलाई गाँसभन्दा पनि बासको समस्या

भदौ ७, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ । 

गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन् । 

बाढीले घरबारी सबै पुरिदिएपछि उनीहरु आफन्तको घरमा बस्दैआएका छन् । खान र लाउनका लागि सहयोग जुटिरहेको भए पनि पहिला बसिराखेको ठाउँमा पुन घर बनाएर बस्ने अवस्था नभएकोले अब कहाँ घर बनाउने भन्ने समस्या परेको वडाध्यक्ष जुमबहादुर गुरुङले बताउनुभयो । 

पीडित परिवारको अन्यत्र कतै जग्गा नभएको र त्यस ठाउँको सुरक्षित स्थानमा सार्वजनिक जग्गा पनि नभएकाले उनीहरुलाई घर बनाएर राख्ने ठाउँ पनि नभएको उहाँले बताउनुभयो । 

अहिले सहयोग दाताले दिएको नगद छुट्टै एउटा राहत कोषमा जम्मा गरेर राखिएको छ । सुरक्षित स्थानको टुंगो लागेपछि उक्त रकम घर निर्माणमा खर्च गरिने वडाध्यक्ष गुरुङले भन्नुभयो । 

सो बाढीले घरजग्गा, गाउँबस्तु, कुखुरा र बिरुवाको नर्सरीसमेत पुरेर झण्डै रु एक करोडको क्षति पु¥याएको थियो । स्थानीय देवीलाल लामिछानेले आपूmहरुको अन्यत्र कतै पनि जग्गा नभएकाले सरकारले सुरक्षित जग्गाको खोजी गरी बाँसको व्यवस्था गरिदिन हुन आग्रह गर्नुभयो । 

राजविराजका बाढी पीडितलाई १० लाखको राहत वितरण 

त्यसैगरी पोखरा–लेखनाथ महानगरपालिका–१५ नयाँगाउँस्थित सेन्टमेरिज उच्च माध्यमिक विद्यालयले सप्तरी जिल्लाका बाढी पीडितलाई रु १० लाख मूल्य बराबरको नगद र जिन्सी सामग्री वितरण गरेको छ । 

विद्यालयले राजविराज–१५ देउरी भरुवाका पीडितलाई राहत वितरण गरेको विद्यालयका शिक्षक श्यामचन्द्र अगाञ्जाले जानकारी दिनुभयो । 

विद्यालयका शिक्षक अगाञ्जासहित जीतबहादुर खनाल, नारायण बराल, महादेव भण्डारी, श्यामचन्द्र अगाञ्जा, सुमन अधिकारी र विक्रम थापा राहत सामग्री लिएर त्यस ठाउँमा पुग्नुभएको थियो । 

विद्यालयले २१५ जना बाढी पीडितलाई खाद्यान्न, पकाउने भाँडा, त्रिपाल, लत्ताकपडा वितरण गरेको छ । शिक्षक अगाञ्जाकाअनुसार विद्यालयले नगदसहित प्रतिपरिवार चामल २५ केजी, दाल पाँच केजी, खाने तेल दुई लिटर, एक कसौडी, दुई थान थाल, एक थान बाल्टिन÷पानी खाने मग, त्रिपाल वितरण गरेको छ । 

मृतक डोमी यादवको परिवारलाई नगद रु पाँच हजार किरिया खर्चका लागि सहयोग गरिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो