प्रेम सुनार | भदौ ७, गुल्मी | गत  साउन १५ गते भारतको लुदियानामा गाडीले हानेर घम्भीर घाईते भएका एक जना नेपालीले कसैबाट गुहार पाउन नसकेर जिवन मरणको दोसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | भदौ ७, गुल्मी | गत  साउन १५ गते भारतको लुदियानामा गाडीले हानेर घम्भीर घाईते भएका एक जना नेपालीले कसैबाट गुहार पाउन नसकेर जिवन मरणको दोसा"/>

२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भारतमा गाडीले दुई नेपालीलाई हान्यो, न्याय नपाएपछी साउदीबाट सासुको गुहार

२०७४, ७ भाद्र बुधबार १०:२२


प्रेम सुनार | भदौ ७, गुल्मी | गत  साउन १५ गते भारतको लुदियानामा गाडीले हानेर घम्भीर घाईते भएका एक जना नेपालीले कसैबाट गुहार पाउन नसकेर जिवन मरणको दोसाँधमा पर्नु परेको छ । दाङ्गको घोराही उपमाहनगरपालिका वडा नम्वर  ८ बुधौरा टोलका १८ वर्षिय सन्तोष बिक र उनका दाजु बिक्रम बिक यस्तो अवस्थामा पुगेका हुन् । 

उक्त दिन साँझ करिव ६ वजेको सयममा  जलान्धरबाट मोटर साईकलमा आएका उनिहरुलाई लुदियानाको सम्ब्रेला चोकको पुल माथी पछाडीबाट  तिव्रगतिमा आएको निजी कारले ठक्कर दिएर दुवै भाईलाई गभ्मीर घाईते बनाएको थियो । त्यस दिन उक्त कार अज्ञात भनिए पनि लुदियानाको मोतीपुर प्रहरी चौकीमा उजुरी दर्ता गरे पछि प्रहरीले उनिहरुलाई ठक्कर दिने कार पत्ता लगाएको थियो । 

त्यस चौकीका अनुसार एसआर ०६ वाई १२२१ नम्वरको कारले उनिहरुलाई हानेको थियो । अगस्त २ मा त्यहाँको एक पत्रिकाले पनि उक्त खवर प्रकाशित गरेको थियो । कार प्रहरीले हिरासतमा राखे पनि कार मालिकले उपचार खर्च उपलव्ध नगराई दिदा उनिहरु लुदियानाको एपोलो अस्पतालको बेड नम्वर ४४७ मा भर्ना गरिएका उनिहरु मध्ये विक्रमको अवस्थामा सुधार आए पनि उनका भाई सन्तोषको अहिले सम्म होस खुल्न सकेको छैन् । 

२४ दिन भई सक्यो भाई सन्तोषको होस खुल्न सकेको छैन् । दैनिक १५ हजार खर्च लाग्छ हामी संग पैसा छैन यसर्थ निवन रक्षार्थ सवै संग सहयोगको हात फैलाएका छौं,  दाङ्गमा रहेका उनका दाजु राजु बिकले भने मेरो भाईको जिवन बचाई दिन म विनम्र अनुरोध गर्दछु । उनले एैलानी जमिनमा बसेकोले बेच्न पनि नसकिने र ऋण पनि पाउन नसकेका कारण सञ्चार माध्यमको साहरा लिएर सहयोगको हात फैलाउनु परेको बताए । विपन्न परिवारमा जन्मीएका उनिहरु तिनै भाईको सानैमा बाबु मृत्यु भएका र एउटी आमा मात्रै रहेकोले भारतको रोजगारी गर्न गएका थिए । 

 सन्तोष जलान्धर पुगेको जम्मा तीन महिना भएको थियो । सन्तोषले त्यहाँबाट टेलिफोनमा रुदै भने–‘ हाम्रो यहाँ बोलीदिने कोही नहुँदा गुहार पाउन सकेनौं । ’ प्रहरीले उल्टै तथानाम गाली गर्ने गरेको गुनासो समेत उनले गरे । न्याय पाउनु पर्ने आफुहरुले सडकको कुकुर सरहको गाली खानु परेको छ  बिक्रमले भने म त बाँचे तर मेरो भाई बचाउनका लागि सवैको सहयोग जरुरी भएको छ । त्यहाँ स्थित विभिन्न राजनैतिक दलका प्रवासी संगठनलाई भन्दा पनि सुनुवाई नभएको दुखेसो उनले गरे । साउदी अरवमा रहेकी बिक्रमकी सासु सिता बिकले पनि रुँदै सवैसंग सहयोगको अपिल गरेकी छिन् । 

उनिहरुलाई सहयोग गर्न चाहनु हुने महानुभावले  बैंक अफ ईन्डिया लुदियानाको उनिहरुको खाता नम्वर ६४०२१०११०००७८९४ मा रकम राखी दिन सक्नु हुने छ । त्यसबारे जानकारी लिन दाङ्गस्थित उनका दाजु राजुको मोवाईल नम्वर ९८०९५९५७२४ मा सम्पर्क राख्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने