2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा भाइरल संक्रमणका बिरामी बढे

भदौ ९, दाङ । दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ । 

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा भाइरल ज्वरो, हेपाटाइटिस, पखाला र जण्डिसजस्ता रोगका बिरामीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ । 

जिल्लामा उपक्षेत्रीय अस्पताल घोराही, अञ्चल अस्पताल तुलसीपुर, देउखुरीको लमही अस्पताल, स्वास्थ्य चौकी र गाउँ गाउँमा रहेका निजी क्लिनिकमा विशेषगरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् । अहिले देखिएको समस्या मौसमी भएको भन्दै राप्ती उपक्षेत्रीय अस्पतालका डा जितनारायण यादवले विशेष ख्याल गर्न सुझाव दिनुभएको छ । 

स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तुहरु खान र आराम गर्न उहाँको सुझाव छ । वर्षा पछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्य समस्या निम्त्याएको भन्दै उहाँले स्वास्थ्य जाँच गर्नमा खेलबाड नगर्न बिरामीलाई आग्रह गर्नुभएको छ । 

हाल दैनिक २०० भन्दा बढी भाइरलका बिरामीहरु अस्पतालमा आउने गरेको डा सुबोध शर्माले जानकारी दिनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो