नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । "/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

पूर्णेश्वरमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न

२०७४, ९ भाद्र शुक्रबार ०६:५८

नारीहरुको महान् चाड मानिने हरितालिका तीजको अवसरमा कुश्मा नगरपालिका वडा १० वितलवमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वितलवको पूर्णेश्वर उमावि हाताभित्र ग्रामीण विकास मन्च नेपालले तीज गीत प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा स्थानीय महिलाहरुको २२ समूहले उत्साहप्रद सहभागीता जनाएका थिए । 

तीज गीत प्रतियोगितामा सहभागी महिला समूहले महिलाको दुःखपीडालाई भन्दा पनि हकअधिकारको विषयलाई गीतमा उठान गरेका थिए । रातो साडी, व्लाउज र परम्परागतदेखि आधुनिक गरगहनामा सजिएका महिलाहरुले घरायसी पीरमर्का, राजनीतिक परिवर्तनले निम्त्याएका घटनाक्रम, सामाजिक विकृति, तीजको मौलिक संस्कृति लगायतका विषयलाई गीतसंगीतमा प्रस्तुत गरेका थिए । 

ठुलो संख्यामा सहभागी दर्शकहरुले महिलाहरुको गीत र नृत्य हेरेर रमाइलो मानेको देखिन्थ्यो । आयोजक संस्था मन्चले महिलाहरुको हकअधिकार उठान, मौलिक संस्कृतिको जगेर्ना र नारी जागरणका लागि तीज गीत प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । 

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने सहभागीहरुलाई पुरस्कार स्वरुप क्रमशः नगद ३ हजार, २८ सय, २१ सय र १४ सय प्रदान गरिएको थियो भने सवै सहभागीहरुलाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो । ग्रामीण विकास मन्च नेपालका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सोही संस्थाका संस्थापक अध्यक्ष गणेश शर्मा पौडेल प्रमुख अतिथि थिए ।

 कार्यक्रममा कुनपा १० वडा अध्यक्ष सुजन विक, पूर्णेश्वर उमावि प्राचार्य सरोज केसी, पूर्णेश्वर उमावि भूतपुर्व विद्यार्थी समाजका उपाध्यक्ष इन्दु तिवारी, गैसस पर्वत उपाध्यक्ष गणेश अधिकारी लगायतका सहभागी वक्ताहरुले तीजको समसामयिकता, प्रतियोगितामा प्रस्तुत गीतसंगीतको प्रशंसा गर्दै यसले सकारात्मक सन्देश प्रवाह गर्ने भनाई राखे । समाजका पुर्व अध्यक्ष आनन्द पौडेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य ग्रामीण मन्च नेपालका सचिव विधान पौडेलले राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली