2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

पहिरोका कारण विस्थापित भएका परिवारले पाए राहात सामग्री

लोकेन्द्र प्रशाद जोशी/भदौ ९, दार्चुला । दार्चुलामा पहिरोका कारण विस्थापित ३० घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाले राहत सामग्री विरतण गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानीशिखरमा पहिरोका कारण विस्थापित ३० घर परिवारलाई कम्बल, टेन्ट, लत्ता कपडाहरु लगायतका राहात सामग्री विरतण गरिएको हो । 

भाद्र ४ र ५ गते परेको अविरल बर्षाका कारण खसेको पहिरोबाट विस्तापित ३० घरपरिवारलाई राहत सामग्री विरतण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका कोषाध्यक्ष भुवनसिँह डागाँले जानकारी दिनुभयो । 

नेपाल रेडक्रस सोसाइटी र शैल्यशिखर नगरपालिकाको सहयोग तथा जिल्ला दैबी प्रकोप उद्धार समितिको समन्वयमा राहात सामग्री वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी संग अहिले सय घरपरिवारलाई मात्र वितरण गर्न पुग्ने राहत सामग्री रहेको रेडक्रस सोसाइटी कोषाध्यक्ष डागाँले बताउनु भयो । 

५० घरधुरीलाई पुग्ने राहत सामग्री कञ्चनपुर गोदानमा छन् । उक्त राहत सामग्री ढुवानीको लागि जिल्ला दैवि प्रकोप उद्धार समितिले पहल गरी छिट्टै उद्धार गरिने कोषाध्यक्ष डागाँले भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई