2026-07-25 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा पछिल्लो समय सरसफाई अभियानमा तीब्रता

चैत १६, अछाम । अछाम जिल्लामा पछिल्लो समय सरसफाई अभियानले तीब्रता पाएको छ । अभियान अन्तरगत बिरपथ गाबिसमा पनि सरसफाईका बिभिन्न क्रियाकलापहरु भईरहेका छन् ।

अहिले गाबिसका विभिन्न वडाहरुलाई धमाधम पूर्ण सरसफाई युक्त वडा घाोषणा गरिदैछ । बिरपथ गाबिसलाइ नै पूर्ण सरसफाई युक्त घोषणा गर्ने उद्देश्यले अहिले गाबिसका विभिन्न वडाहरुलाई पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने कार्य भईरहेको छ । जस अन्तरगत केही दिन पहिले मात्र गाबिसको वडा नं. २ र ३ लाई पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको थियो । सोही अनुरुप निकट भबिष्यमै गाबिसको वडा नं. ७ स्याउलेलाई पनि पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने तयारी भईरहेको छ । हालै मात्र गाबिसको वडा नं. २ र ३ लाई एक समारोहका बिच पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको बताउँदै स्थानीय चेतराज भण्डारीले सरसफाईका बिभिन्न सुचकहरु पुरा भएपछि वडा नं. ७ लाई पनि एक कार्यक्रमका बिच पूर्ण सरसफाई युक्त वडा घोषणा गरिने जानकारी दिनुभयो ।

भाँडा राख्ने चाँङ्, फोहोर फाल्ने खाल्डो, चर्पी र वातावरणीय सरसफाई समेत गरी बिभिन्न ६ सुचकहरु पुरा गरिसकेपछि वडा पूर्ण सरसफाई युक्त वडा घोषणा हुने भण्डारीले बताउनुभयो । अछाम जिल्ला खुलादिसामुत्तक्त घोषणा भईसके पछि जिल्लालाई पूर्ण सरसफाई युक्त घोषणा गर्ने उद्देश्यले सरसफाई अभियान चलिरहहेको छ । अभियान अन्तरगत जिल्लाका विभिन्न गाबिस तथा नगरपालिकाका वडाहरु धमाधम पूर्ण सरसफाई युक्त घाोषणा भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक