Skip to content
Friday, July 17, 2026 Nepali Online Media
August 27, 2017 बारा - BR, समाज

हराएको १४ घण्टापछि बालक मृत अवस्थामा फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ११, कलैया ।</b> हराएको १४ घण्टापछि कलैया उपमहानगरपालिका–२० बस्तपुर निवासी रामविजय साहका छोरा आज बिहान मृतावस्थामा फेला परेका छन् ।&nbsp;<br></p><p>शनिबार बेलुका करिब ५ बजेदेखि हराइरहेका साहका छ वर्षीय छोरा कन्हैया साहले लगाएको कपडा घरदेखि सय मिटर पर रहेको धनसुन्दर साहको पोखरीको डिलमा भेटेपछि परिवारजनले पोखरीमा खोज्दा बालकको शव भेटिएको प्रहरी प्रबक्ता भुनेश्वर साहले जानकारी दिनुभयो ।&nbsp;</p><p>घटना रहस्यमय भएको हुँदा अनुसन्धान भइरहेको साहले बताउनुभयो । हत्या हो कि आफै पानीमा डुबेर मृत्यु भएको हो भन्ने बारेमा स्वास्थ्य परीक्षणपछि खुल्ने साहको भनाइ छ । शव कलैया अस्पतालमा राखिएको छ । रासस&nbsp;</p>