२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

माथिल्लो डोल्पाका जनताले दुई बर्षसम्म पनि चामल खान पाएनन्

२०७४, ११ भाद्र आईतवार १२:१८


टेक शाही/भादौ ११, डोल्पा । माथिल्लो डोल्पाका ३ गाँउपालिकाका जनताले दुइ बर्ष देखि चामल खान पाएका छैनन । 

नेपाल सरकारले रसुवाको केरुङ नाकाबाट डुवानी गरेर माथिल्लो डोल्पाका तिनवटा गाँउपालिकाका जनतालाइ नुन र चामल बितरण गर्ने गरेका नेपाल खाद्यसँसथान शाखा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

माथिल्लो डोल्पाका जनताको लागि बितरण हुने आर्थिक बर्ष ०७२/०७३ देखिको ३८ सय क्वीन्टल चामल र ३ हजार क्वीन्टल नुन काठमाण्डौका गोदाममा थन्कीएको हो । 

रसुवाको केरुङ नाकामा भएको बिवादको कारण माथिल्लो डोल्पाको चामल र नुन ढुवानी हुन नँसकेको ठेकेदार बिजय रोक्काले जानकारि दिए । उनले भने भन्सार कर बृद्धि गरेको कारण ब्यापारिहरुसँग कुरा नँमिले पछि माथिल्लो डोल्पाको खाद्यान्न ढुवानी हुन नँसेको बताए । 

माथिल्लो डोल्पाको लागि खाद्यान्न ढुवानीको लागि करिव १ सय भन्दा धेरै ट्रकहरु आवास्यक भएको र केरुङ नाकामा जानको लागि रसुवाकै ड्राइभर मात्र हुने पर्ने अन्यले जान नपाउने भए पछि पनि ढुवानीमा समस्या आएको ठेकेदार बिजयले बताए । उनि भन्छन चाइनाले अनुमति दिएन महिनौ बस्नु पर्यो अनुमति पाएको हप्तौ हुदा गाडि नपाएर हैरान भएका छौ । 


हाल दैनिक १२ देखि १५ वटा सम्म मालबहाक ट्रकहरु केरुङ खाद्यान्न लोड गरेर पठाउने गरेको र अब एक साता भित्रमा सबै चामल,नुन माथिल्लो डोल्पामा पुग्ने नेपाल खाद्य सँस्थान शाखा कार्यालय डोल्पाका प्रमूख हरि प्रसाद जोसिले जानकारि दिए । 

हरेक बर्ष माथिल्लो डोल्पाका साविकका ७ गाविस र हालका ३ वटा गाँउपालिकाहरुमा नेपाल सरकारले खाद्यान्न तिब्वतबाट ढुवानी गर्ने गरेको प्रमूख जिल्ला अधिकारी केशबराज आचार्यले बताए । उनले भने खाद्यान्न सँगै जिल्ला प्रशासनको पनि प्रतिनिधि जाने र सहज रुपमा जनतालाइ खाद्यान्न बितरण गर्ने बताए । 

पहिलेका बर्षमा तातो पानिको नाकाबाट लिने गरेको भए पनि भुकम्प पछि तातोपानि नाका अबरुद्ध भए पछि रसुवाको केरुङ नाकाबाट लिन लागेको साल्टट्रेडिङ्ग डोल्पा साखाका प्रमूख प्रकाश धामीले जानकारि दिए । जनताको दुख आमी बुझछौ तर छिमेकीको बाटो भएर जान कठिन भएको उनेले बताए । 

आर्थिक बर्ष ०७२/०७३ को चामल त २ बर्ष पछि भए पनि माथिल्लो डोल्पाका जनताले पाउने आसा रहेको छ । 

तर आर्थिक बर्ष ०७३/०७४ को चामल भने ठेकेदारले ठेक्का नै छोडे पछि अन्योलमा परेको नेपाल खाद्य सँस्थानले जनाएको छ । माथिल्लो डोल्पाका छार्काताङस्योङ्ग गाँउपालिका,शे फोक्सुण्डो गाँउपालिका र डोल्पो बुद्ध गाँउपालिकाले नेपाल सरकारबाट बितरण हुने नुन र चामल बर्षमा एक पटक मात्र पाउने गर्दछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी