सन्तोषाकुमार गुप्ता । दाङ ११ भदौ । थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइएको छ ।  पश्चिम नेपालका दाङ, स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषाकुमार गुप्ता । दाङ ११ भदौ । थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइएको छ ।  पश्चिम नेपालका दाङ, स"/>
२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ सहित पश्चिम नेपालका थारु समुदायले मनाए धुमधामका साथ अट्वारी पर्व

२०७४, ११ भाद्र आईतवार १४:१४

सन्तोषाकुमार गुप्ता । दाङ ११ भदौ । थारु समुदायको बसोबास रहेक जिल्लाहरुमा आइतवार धुमधामका साथ अट्वारी पर्व मनाइएको छ ।  पश्चिम नेपालका दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्छन । हरेक बर्षको अष्टमीपछि चन्द्रमा देखिने बिक्तिकै मनाउने परम्परा अनुसार आइतवार उपयुक्त ठानी अट्वारी मनाउन लागिएको हो ।

मुख्यगरी थारु समुदायका पु्रुषहरुले महिलाको सम्मानको लागि भनेर यो दिनलाई विशेष रुपमा लिने गरेका छन। आजको दिन पानी समेत नखाएर निर्जला ब्रत बस्ने गरिन्छ । अट्वारी पर्व कृण्ण जन्माअष्टमीको आठ दिन पछि आउने आइतवारका दिन मनाउने प्रचलन थारु समुदायमा रहेको छ । यो पर्व सूर्य अर्थात शक्तिको उपसनाको लागि गर्ने गरिएको नेपाल सरकारका श्रम तथा रोजगार राजय मन्त्री डिल्ली बहादुर चौधरीले वताए ।

किंम्वदन्ती अनुसार दाङका थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसंग समेत जोडेर यो पर्वलाई मनाउन गरिएको उनले वताए । उनले थारु राजा र पाच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरेको उनले वताए । अट्वारीमा शनिवार साँझ दर खाएका थारु समुदायले अर्को दिन दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् । थारु समुदायको प्रमुख पर्व मध्येको यो पर्वमा आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ ।

अट्वारीमा रोटी काँक्रा, दही, केरा, अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफ्ना चेलीबेटीलाई काशेली अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी पर्वलाई आफ्ना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र दिदीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा पनि लिइने गरेको श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिए ।

मन्त्री चौधरीले धर्म संस्कृतिको संरक्षण आबश्यक रहेको भन्दै सबैलाई एक बनाउन धर्म र सस्कृतीले महत्व राख्ने वताएका छन , उनले सस्कृती र परमपराको संरक्षण आबश्यक भएको वताए । अटवारीमा गरिने विभिन्न विधिले थारुहरुको संस्कृती र परमपरालाई जगेर्ना गर्ने स्थानीय थारु अगुवाहरुलेले वताएका छन । यसैबिच श्रम तथा रोजगार राज्यमन्त्रीमा नियुक्त भएपछी गृह जिल्ला दाङ आएका राज्यमन्त्री डिल्ली बहादुर चौधरीले आफ्नै घरमा यो पर्ब मनाएका छन । उनले पर्बको अबसरमा सबैलाई सुभकामना समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु