Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

डा इबाटाको सहयोगमा आँखा उपचार गर्ने मेशिन

२०७४, १४ भाद्र बुधबार ०७:००

भदौ १४,पाल्पा। कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरलाई आँखा जाँच गर्ने आधुनिक हाते मेशिन (पोर्टेबल स्टीलल्याम्प) सहयोग प्राप्त भएको छ । 

जापानी नागरिक डा इबाटा रिकाबाटाको सहयोगमा करिब रु तीन लाख बराबरको आँखा जाँचगर्ने हाते आधुनिक मेशिन सहयोग प्राप्त भएको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले जानकारी दिनुभयो । 

सो मेशिन मंगलबार जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले उपचार केन्द्रका अध्यक्ष पोखरेललाई हस्तान्तरण गर्नुभयो । यस मेशिनलाई सही सदुपयोग गरेर यस क्षेत्रका जनतालाई सहज सेवा प्रवाह गर्न ओकेबाजेले आग्रह गर्नुभयो । 

यस आँखा अस्पतालमा आँखा जाँच गर्ने आधुनिक हाते मेशिन नहुँदा विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गर्न समस्या आइपरेको अस्पतालका इन्चार्ज सुन्दर राना बताउनुहुन्छ । अब यो मेशिन स्थलगत आँखा शिविर सञ्चालन हुँदा प्रयोग गर्न पाइने भएपछि उपचारमा थप सेवा दिन सहज हुने उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश