भास्कर के.सी/भदौ १४, कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्रही मारमा परेका छन् । 

जाँच पास, लाईसेन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी/भदौ १४, कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्रही मारमा परेका छन् । 

जाँच पास, लाईसेन्"/>

2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

यातायात कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्राही मारमा


भास्कर के.सी/भदौ १४, कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयमा कर्मचारी नहुदाँ सेवाग्रही मारमा परेका छन् । 

जाँच पास, लाईसेन्स नविकरण, सवारी दर्ता प्रमाण पत्र कर तिर्ने जस्ता कार्यहरु कर्मचारी नहुदाँ म्याद सकिन् लागेको र म्याद सकिसकेको नविकरण हुन नसक्दा बस, कार, जिप मोटरसाईकल, सवारी धनी र सवारी चालक मारमा परेका छन् ।  

१५–१६ दिन अगि देखि कर्मचारी नहुँदा यातायात सम्बन्धी कार्य टप्प भएकोले, बाटोमा चेक जाँच गर्ने वसेको ट्राफिकले जाँच पास, कर तिरेको र लाईसेन्स हेर्ने गर्दछ, यता कार्यालयमा कर्मचारी नहुनाले समयमै नविकरण र गाडीको जाँच पास हुन सकेको छैन, जसका कारण ट्राफिक प्रहरीलाई जरिवाना तिर्नु परेको छ । यता म्याद बढ्दै जाँदा डबल दस्तुर तिनु पर्ने, साथै पहाड बाट आउने चालक, गाडी साहु काम नभै खाली बसेर फिर्ता जानु परेको छ, कर बढ्दै गएकोले दोहोरो मारमा परेको महाकाली जिप तथा टेम्पुका अध्यक्ष ललित बहादुर सिंहले बताउनु भयो ।

कार्यालय प्रमुख वासुदेव रेग्मीको कोठामा ताला लागेको छ भने १७ जना कर्मचारी रहेको कार्यालयमा ३ जना मात्र कर्मचारी रहेका छन् । त्यसमा पनि केही कर्मचारी फेसबुकमा मस्त रहेका छन् ।

 हाजिर हुनेमा ना.सु.नन्द राज भट्ट, मिरा पौडेल, त्रिलोक सिंह रावल, र कार्यालय सहयोगी शिव प्रसाद जोशी छन् त्यसैगरी विभिन्न काम देखाई विदामा बसेका अनिल चन्द, गंगा अर्याल र विमल सिंह विष्ट, छन् विभिन्न काज र तालिममा रहेका योगेश पौडेल, लोक बहादुर खड्का छन् ।

जिपकार नक्कली कृते गरी पास गरेको आरोपमा निम्न कर्मचारी निलम्बीत छन् नरेन्द्र राज जोशी, दिपक थापा ईजिनियर, हेमन्त बहादुर सिंह, महादेव भट्ट ना.सु, तारा दत्त भट्ट ना.सु, श्याम कृष्ण ओझा, केशब दत्त बडु  रहेका छन् । भने प्रविधिक सूर्य प्रसाद ओझा १३ गते मंगलबार १ दिन हाजिर भइ पुनः काठमाडौ हिडेका छन् । 

यसरी कार्यालयमा कोही नहुदा सेवाग्रही त मारमा नै परेका छन्, भने अहिले कार्यालयको जिम्मेवारी सम्मालेका नासु नन्द राज भट्ट यसरी कार्यालय खोलनु भन्दा बन्द गरेको भए राम्रो हुने बताउछन् । पटक पटक हामीले केन्द्रमा खबर गर्दा पनि केही हनु सकेको छैन् उक्ता सेवाग्राहीले सेवा नपाउदा रिसको आवेगमा आउने बताउनु हुन्छ ।

माधव राज पन्तले १२ दिन अगाडी देखि लाइसेन्स नविकरण गर्न आएको तर कर्मचारी नहुनाले समयमै लाइसेन्स नविकरण हुन नसक्दा अब आफु डबल दस्तुरमा परेका बताउनु भयो । 

यसरी कर्मचारीको र यातायात कार्यालयको लापरवाहीले हुने नोक्सानीको पनि हामिले नै तिर्नु पर्ने भन्दै आक्रोश पोखे । लाइसेन्स नविकरणको हकमा युजर आई डि भएको मान्छे हुन्छ, वहाँ (सूर्य प्रसाद ओझा) हिजो एक दिन आएर पुनः काठमाण्डौ गएकोले नविकरण हुन नसकेको नासु भट्टले बताउनु भयो । कार्यालयको ढिला सुस्तीले गर्दा समयमै नविकरण हुन नसके पनि सेवाग्राहीले जरिवाना अनिविार्य तिर्नु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो