भदौ १५,कलैया। बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५,कलैया। बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । 
<"/>
2026-09-12 01:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारामा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

भदौ १५,कलैया। बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । 

हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना४च १७७७ नंको एम्बुलेन्सलाई निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना३ख ९२८० नंको टिपरले बिहीबार निजगढ नजिक पर्ने उनासी पुलमा ठक्कर दिँदा सो दुर्घटना भएको हो । 

एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका–२ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । 

दुर्घटनामा कोल्हवी नगरपालिका–२ का ६७ वर्षीय वासुदेव मैनाली, ३० वर्षीया कमला मैनाली, सिर्जना मैनाली र एम्बुलेन्स चालक हेटौँडा–५ का उद्धव घिमिरे घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । 

दुर्घटनामा संलग्न टिपरका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रितेन्द्र सिंहले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा