पढ्न करिब 1 मिनेट लाग्छ

सरोज यादव।भादौ १६,सर्लाही ।सर्लाहीको धनकौल–१ सेखैनामा छोराको कुटाइबाट ५४ वर्षकी आमाको ज्यान गएको छ ।

खेतको सिमानामा रहेको रुख काट्ने बिषयमा मंगलबार दिउँसो बिबाद हुँदा धनकौल गाउँपालिका १ मा पर्ने साविकको सेखौना वडा न–६ निवासी ५४ वर्षिया आफ्नै आमा सुकनी देवी मंडल को ३० वर्षिय छोरा महेश मंडलले उनि माथि कुटपिट गरि हत्या गरेको छ ।

बुधबार दिउँसो खेतको सिमानामा रहेको रुख काट्ने विषयमा दुबै आमा छोराको बिवाद भएको थियो । आमा छोराबीच विवाद हुँदा ३० वर्षका महेश मण्डलले मुक्काले हानेर आमाको निर्मम हत्या गरेको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनुभयो ।

छोराको मुक्का प्रहारबाट आमाको दात भाँचिएको र टाउकोमा लागेको गहिरो चोटका कारण ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् । हत्यामा संलग्न छोरा बुहारी दुवैलाई प्रहरीले प्रकाउ गरेको छ । सुकुनिदेवीको शव परीक्षणका लागि मंलगवा अस्पताल लगिएको छ ।