Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जिरीका भूकम्पपीडीतले तेस्रो किस्ता पाएनन्

२०७४, १६ भाद्र शुक्रबार १०:०७

दीपशंकर चौलागाइँ। भदौ १६, दोलखा । भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि सरकारी अनुदान लिएर एउटा पनि भूकम्पपीडितले जिरीमा स्थायी आवास निर्माण गर्न पाएका छैनन् । 

जिरी नगरपालिकामा पुनःनिर्माणको गति अत्यन्तै सुस्त देखिएको छ । दुई वर्ष तीन महिनाको अवधिमा एउटा पनि स्थायी आवास पुनःनिर्माण नहुँदा २०७५ असार मसान्तभित्र पुनःनिर्माणको काम सक्ने सरकारी योजना समेत अलपत्र पर्ने निश्चित देखिन्छ । 

अनुदान लिन ऋण लिए जस्तो प्रक्रिया पूरा गर्नुपर्ने, प्रक्रिया पूरा गर्नका लागि प्राविधिक बाधक बनेको जिरी नगरपालिकाका प्रमुख टंक जिरेलको दाबी छ । जिरेल भन्नुहुन्छ, “कहिले लम्बाइचौडाइ नमिलेको भनेर अड्काउने, कहिले भनेजस्तो भूकम्पीय सुरक्षा नअपनाएको भन्ने, कहिले ठूलो घर बन्यो भनेर सिफारिस नदिनेजस्ता कारणले गति लिन नसकेको हो ।” पटकपटकका जनप्रतिनिधिको दबाबका कारण अहिले वडा÷वडाबाट पुनःनिर्माण अघि बढेको प्रमुख जिरेलले बताउनुभयो । 

भूकम्पपीडित लाभग्राहीले भने स्थायी आवास पुनःनिर्माण पूरा गरेर तेस्रो किस्ता माग गरे पनि पाउन नसकेको जिरी नगरपालिका–३ का भक्त केसीले गुनासो गर्नुभयो । केसीजस्ता सयाँै भूकम्पपीडितको यस्तै गुनासो रहेको छ । खासगरी प्राविधिक गाउँघरमा नभेटिने र भेटिए पनि मूल्यांकनमा ढिलासुस्ती हुने गरेका कारण सरकारी अनुदान लिन कठिन भएर पुनःनिर्माण कार्य प्रभावित भएको पीडित जनप्रतिनिधिसमेतले गुनासो गरेका छन् । 

यता भूकम्पीय आवास पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाका प्रमुख एकराज अधिकारी भन्नुभयो–“केन्द्रले खटाएका प्राविधिकलाई जिल्लाका नौवटै स्थानीय निकायमा बाँडेको छाँै , फिल्डमा रहेका कर्मचारीको व्यवस्थापन गरी गाउँमा काम लगाउने जिम्मेवारी स्थानीय जनप्रतिनिधिलाई दिएकाले पत्राचार समेत गरिसकेको छ ।” 

काम प्राविधिकले गरेनन् भन्ने, अनि तलब खान हाजिर प्रमाणित गरेर पठाउने जनप्रतिनिधिको गतिविधि आफैँमा पनि विरोधाभासपूर्ण रहेको प्रमुख अधिकारीले बताउनुभयो । तीन हजारभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता लगिसकेकामा करिब तीन सयले मात्रै दोस्रो किस्ताको रकम लगेको जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाले जनाएको छ । 

भूकम्पीय आवास पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाकाअनुसार साविकको श्यामा गाविसमा ५७१ र जिरीमा तीन हजार ६१० गरी नगरपालिकाभित्र कूल चार हजार १८१ परिवार लाभग्राही सूचीमा सूचीकृत भएकामा हालसम्म एकजना पीडितले पनि तेस्रो किस्ताको रकम लिएका छैनन् । जिरी नगरपालिकाका कूल चार हजार १८१ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएकामा चार हजार १५५ परिवारसँग अनुदान सम्झौता भइसकेको छ । 

सम्झौता भएकामध्ये तीन हजार ७८९ ले सरकारबाट र ३० परिवारले गैरसरकारी संस्थाबाट गरी कूल तीन हजार ८१९ परिवारले पहिलो किस्ताको रकम बुझिसकेको नगरपालिकाले जनाएको छ । 

त्यसैगरी ३६१ जनाले सरकारी र २१ जनाले गैरसरकारी संस्था गरी हालसम्म ३८२ परिवारले मात्रै दोस्रो किस्ताको अनुदान रकम बुझेका छन् । जिरी नगरपालिकाअन्तर्गत साविक श्यामा गाविसका कूल ५७१ लाभग्राहीमध्ये ५६० जनासँग अनुदान सम्झौता भएकामा ५४९ जनाले पहिलो किस्ताबराबरको रु दुई करोड ७४ लाख ५० हजार र ८४ जनाले दोस्रो किस्ताबापतको रु एक करोड २६ लाख गरी कूल रु चार करोड ५० हजार रकम लिएका छन् । 

साविक जिरी नगरपालिकाका कूल तीन हजार ६१० भूकम्पपीडित लाभग्राहीमध्ये तीन हजार ५९५ जनासँग अनुदान सम्झौता भएकोमा तीन हजार २७० जनाले पहिलो किस्ताबापतको रु १६ करोड ३५ लाख र २९८ जनाले दोस्रो किस्ताबापतको रु चार करोड ४७ लाख गरी कूल रु २० करोड ८२ लाख रकम बुझेका छन् । 

जसमध्ये पहिलो किस्ता लिने ३० जना र दोस्रो किस्ता लिने २१ जनाले गैरसरकारी संस्थामार्फत अनुदान रकम लिएका हुन् । पीडितले भने सरकारी अनुदान प्रक्रिया निकै झन्झटिलो भएका कारण सरकारी अनुदान लिन नसकेको गुनासो गरेका छन् । 

पर्यटकीय नगरी जिरीमा भएको पुनःनिर्माणको सुस्तताले पर्यटन प्रवद्र्धनमा समेत असर गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै