पढ्न करिब 1 मिनेट लाग्छ

सरोज यादव/भदौ १७, सर्लाही । सर्लाहीको गौरीशंकर गाउँपालीका साविक वडा न ७ श्रीनगर गाउँमा ११ हजार भोल्टेज भएको बिजुलीको हाइटेन्सन तार खस्दा सोही गाउँका करिव दुई दर्जन भन्दा बढि ब्यक्तिलाई करेन्ट लागेको छ ।

करेन्ट लागेका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । हिजो बेलुकी करिब ५ बजे पोलमाथिको तार स्थानीय गंगा महतोको घर नजिक खस्दा महतोको छोरा, शन्तोस महतो, उनकी श्रीमती, छोरी, त्यस्तै सोहि ठाउँका रामतलेवर यादवकी श्रीमति समेत गम्भीर घाइते भएका हुन् ।

करेन्ट लागेर गम्भीर घाइते चारै जनाको समान्य उपचारपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको स्थानीय राम कलेवर रायले जानकारी दिए ।

करेन्ट लागेर स्थानीय राम नरेश यादवको एउटा गोरु, गंगा महतोको एउटा ठूलो रांगा, राम वीर महतोको दुईटा टायर गाडाका गोरु मरेका छन् । अन्य थुप्रै चौपाया बेहोश अवस्थामा रहेको स्थानिय राम नरेशले बताएका छन् ।

त्यस्तै, सर्लाहीको बागमती नगरपालिका – ६ राजघाटमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । शुक्रबार राति घरमा विद्युत सर्ट भएपछि सल्किएको आगो निभाउन खोज्दा १६ वर्षिय दिपेश कार्कीको करेन्ट लागेर घाईते भएको थियो । घाईते कार्कीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।