Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बेल्डाँडी–दैजी सडकखण्ड: विच सडकमा ट्रक फस्दा यातायात अवरुद्ध

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

विमल धामी/भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको बेल्डाँडी–दैजी कच्ची सडकमा ट्रक फस्दा यातायात अवरुद्ध भएको छ ।

शनिबार बिहान महेन्द्रनगर देखि बेल्डाँडी देखि जान लागेको ना२ख ९२८२ नम्बरको ट्रक बेल्डाँडी गाँउपालिका–२ कालिकिच विच सडकमा फस्दा यातायात अवरुद्ध भएको हो ।

बेल्डाँडीका स्थानीय युवा सन्देश पाण्डेले विच सडकमा ट्रक फस्दा पुर्ण रुपमा यातायात अवरुद्ध भएको बताए । विच सडकका ट्रक फस्दा समेत कुनै पनि निकायबाट सहायोग नभएका कारण बेल्डाँडी देखि महेन्द्रनगर लगायतका विभिन्न स्थान जाने यात्रु कालिकिचमा अलपत्र परेका छन् ।

‘विच जंगलको खाल्टो सडकमा गाडी फसेको छ, ‘उनले भने, ‘गाडी निकाल्न कुनै पनि निकायले ध्यान र चासो दिएको छैन् ।’ महेन्द्रनगरदेखि बेल्डाँडी, बेलौरी, शिवनगर, वैवाह, झर्नासागर जाने गाडी समेत फसेकै स्थानमा रोकिएका छन् ।

यात्रुहरु पैदलै घर जान बाध्य भएको स्थानीय पाण्डेले बताए ।

सडक कालोपत्रेका लागि स्थानीयले लामो समयदेखि सरकार संग माग गर्दा समेत सडक सुधार नभएका कारण बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

पुर्वपश्चिम राजमार्ग दैजिदेखि बेल्डाँडीसम्म २२ किलोमिटर सडक सुधार नभएका कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विच जंगलमै यात्रु अलपत्र पर्ने समस्या अझै नहटेको बेल्डाँडीका स्थानीय सन्देश पाण्डेको गुनासो छ । बेल्डाँडी गाउँपालिकाले समेत यात्रुको समस्या नबुझेको भन्दै यात्रुले जनप्रतिनिधीको बिरोध गरेका छन् ।

बेल्डाँडीदेखि महेन्द्रनगर आउन लागेको स्थानीय यात्रु मदन थापाले विच बाटोमा गाडी फसेर यात्रुको सास्तीमा स्थानीय जनप्रतिनिधीले कुनै भूमिका निर्वाह नगरेको गुनासो गरे । ‘म बजार जानका लागि शनिबार बिहानै ८ बजेको बसमा चढेको थिए, ‘उनले भने, ‘क्याम्पसमा पुग्दा फसेको ट्रक हटाउन नसक्दा बस महेन्द्रनगर जान सकेन्, म अहिले दिउँसो ३ बजेसम्म अलपत्र बसेको छु ।’

सडक सुधार नभएका कारण समग्र यात्रुले ज्यान जोखिममा यात्रा गर्नुपर्ने बाध्यता संगै जिल्लाको विकास निर्माणमा समेत बाधा उत्पन्न भएको छ । यो सडक अहिले हुलाकी राजमार्ग अन्तरगत काम भईरहेको छ ।

समाचार तयार पारुन्जेलसम्म ट्रक हटाउने कुनै पनि निकायबाट प्रयास भएको छैन् । यात्रुले स्थानीय सरकार लगायत सरोकारवालाको बिरोध गरेका छन् । भोट माग्ने बेला जनताको घरदैलोमा पुगेर झुकेर भोट माग्ने तर, जनतालाई पिरमर्का परेका बेला सहयोग गर्ने प्रयास समेत नगर्ने जनप्रतिनिधीको प्रवृतिको कडा रुपमा यात्रुले आलोचना गरेका छन् ।