सास । भदौ १७, बर्दिया ।

मध्यपश्चिमाञ्चल क्षेत्रमै नर्सिङतर्फ दोस्रो स्थान हासिल गरेको भेरी कलेज अफ मेडिकल साइन्स, गुलरिया बर्दियाले शैक्षिक शत्र २०७४ मा भर्ना भएका नर्सिङका विद्यार्थीहरुलाई आज कलेज परिसरमा भव्य कार्यक्रमको अयोजना गरी स्वागत तथा अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सम्बाेधन गर्नुहुँदै प्रवन्ध निर्देशक सुधाकर मिश्र…..

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका जनस्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत तथा प्रशिक्षक सुनिल पाण्डेले भेरी कलेजलाई नर्सिङ विषयका लागि छनोट गर्नुभई आफ्ना छोरीहरुलाई अध्ययनका लागि भर्ना गर्नुभएका अभिभावकहरुलाई बधाई दिनुहुँदै हालसम्म यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको बताउनुभयो ।

प्रमुख अतिथि जनस्वास्थ्य अधिकृत सुनिल पाण्डे विद्यार्थीहरुलाई शुभकामना दिनुहुँदै …

यसैगरी कार्यक्रमका विशेष अतिथिका रुपमा रहनुभएका बर्दिया मेडिकल इन्सटिच्यूट सञ्चालक समितिका अध्यक्ष पञ्चलाल नापितले नर्सिङ पेशा निकै चुनौतिपूर्णका साथसाथै सजिलो पनि भएकोले यसको अध्ययनमा विशेष गरेर प्रयोगात्मक ज्ञानमा दक्षता हासिल गरी आफूलाई पोख्त बनाउनका लागि विद्यार्थीहरुलाई अनुरोध गर्नुहुँदै अभिभावकहरुले पनि कलेजको सर्वाङ्गीण विकासका लागि निरन्तर खबरदारी गरिरहन आग्रह गर्नुभयो ।

सहभागी अभिभावक तथा विद्यार्थीहरु ….

कार्यक्रममा प्रिन्सिपल गंगा पौडेलले आफूले यस संस्थामा आफ्नो भविष्य कोर्दै सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै यस कलेजले दिने गुणस्तरीय शिक्षामा अभिभावकहरुलाई ढुक्क हुन आग्रह गर्नुभयो ।

अभिभावकहरुको तर्फबाट महेन्द्रनगरबाट आउनुभएका श्याम चन्दले आफूले भेरी कलेजले दिने शैक्षिक सेवा तथा यसको साखको बारेमा बुझेर नै आफ्नी छोरीलाई भर्ना गराएको बताउनुहुँदै सम्पूर्ण छोरीहरुलाई अत्यन्तै मिहिनेतका साथ लगनशील भएर यो तीन वर्षको कोर्ष पूरा गरी आफ्नो भविष्य उज्ज्वल बनाउन अनुरोध गर्नुभयो । साथै अाफ्नी जेठी छोरी नर्सिङ्ग अध्ययन गरी वैदेशिक राेजगारीमा रहेकाे समेत वहाँले स्मरण गर्दै सम्पूर्ण अभिभावकहरुलाई यसमा गरेको लगानी खेर नजाने बताउनुभयाे । यसैगरी कार्यक्रममा आफ्नो जिज्ञासाहरु राख्दै अभिभावकहरुले यसरी आफ्नै गाउँघरमा नै नर्सिङ पढाउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

अभिभावक श्याम चन्द अाफ्नो विचार राख्नुहुँदै ….

कार्यक्रममा नर्सिङतर्फ अध्यापन गराइने विषयहरुको बारेमा प्रशिक्षक सिर्जना चौधरीले, होस्टलका नीति नियमबारे रन्जिता ढुङ्गानाले र पुस्तकालय सम्बन्धि नीति नियमहरुका बारेमा लाइब्रेरियन सीता गोडियाले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षक प्रभात सुवेदीले पञ्चचमार छन्दमा लेखिएको कविताका माध्यमबाट विद्याथीहरुलाई आफूलाई चिनेर भविष्य उज्ज्वल बनाउन तीन वर्षे यात्रा अविराम अगाडि बढाइरहन प्रेरित गर्नुभयो ।

कविताका माध्यमबाट विद्यार्थी तथा अभिभावकहरुलाई स्वागत तथा सन्देश व्यक्त गर्नुहुँदै कलेजका प्रशिक्षक प्रभात सुवेदी ….

कलेजका प्रवन्ध निर्देशक सुधाकर मिश्रको सभाध्यक्षतामा सम्पन्न स्वागत तथा अनुशिक्षण कार्यक्रममा वहाँले कलेजका नीति नियमहरु बताउनुका साथै अभिभावकहरुबाट आउका जिज्ञासाहरुको उत्तर दिनुभएको थियो । साथै वहाँले छोरीचेलीहरुको पहिलो रोजाईमा आजभोलि नर्सिङ विषय परेको बताउनुहुदै नेपालमा भन्दा पनि विदेशमा यसको अत्यन्तै आकर्षण रहेकोले पनि छोरीहरुको पहिलो रोजाई भएकोले आज अभिभावकहरुले यस कलेजलमा आफ्ना छोरीहरुलाई भर्ना गनुएभएकोमा बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।

संस्थापक डा. निशान्त मिश्रको विशेष उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नर्सिङ तर्फकी प्रशिक्षक तथा होस्टल वार्डेन रन्जिता ढुङ्गानाले गर्नुभएको थियो ।

कलेजका सन्दर्भमा जिज्ञासा राख्नुहुँदै एक अभिभावक ….

September 2, 2017
बर्दिया - BRD, समाज
गाउँघरमा नर्सिङ पढाउन पाइयो : अब के चाहियो ?
By kit
9 मिनेट पढाइ