Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 2, 2017 रसुवा - RSW, समाज

नेका रसुवा-काठमाडौ सम्पर्क समितिको पुरस्कार सहित सम्मान कार्यक्रम सम्पन्न

By साझासवाल 5 मिनेट पढाइ

भदौ १७, काठमाडौँ | नेपाली कांग्रेस रसुवा-काठमाडौ सम्पर्क समितिले आज एक समारोहका बिच रसुवा जिल्लाबाट माध्यमिक प्रबेशिका परीक्षा (SEE) २०७४ मा A र A+ ग्रेड ल्याउने २१ जना विद्यार्थीहरुला रु ५१०० नगद सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । साथै सर्बोत्कृस्ट श्रेणीमा बिद्यार्थी उतिर्ण गराउन सफल रसुवा का बिध्यालयहरुलाई पनि प्रशंशा पत्रद्वारा सहित सम्मान गरेको थियो ।

काठमाडौ बालाजुमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष प्रेम प्रसाद पौडेलले गर्नु भएको थियो । पुरस्कृत बिध्यार्थी तथा विद्यालयलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय अर्जुन नर्सिङ केसीले बिद्यार्थी तथा बिद्यालयको उज्ज्वल शैक्षिक भबिस्यको कामना गर्दै नेपाली कांग्रेस रसुवा काठमाडौ सम्पर्क समितीले आयोजना गरेको यो कार्यक्रम हालसम्मकै उत्कृष्ट र उपलब्धिमुलक भएको भन्दै उच्च प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्णमा स्वागत गर्दै कार्यक्रमको औचित्यबारे समितीका सचिब उत्तम पौडेलले प्रस्टाउनु भएको थियो । रसुवा जिल्ला नेबिसंघका कोषाध्यक्ष सन्दिप पौडेलले आगामी दिनमा नेबिसंघ रसुवाले पनि यस्ता खाले बिद्यार्थी प्रोत्साहनका कार्यक्रमहरु गर्दै जाने भन्दै समितिले गरेको यस्तो कार्यक्रमलाई अबका दिनहरुमा नेबिसंघ रसुवाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा बक्ताहरु जनक जीवन उपाध्याय, प्रभात तामाङ, राजु तितुङ, लामाकार्पु तामाङ तथा नेपाली कांग्रेस रसुवाका सभापती पेम्बा छिरिङ तामाङले कार्यक्रमको उच्च प्रशंसा गर्दै आजसम्मकै रसुवाको उत्कृष्ट एवम् उपलब्धिमुलक कार्यक्रम भएको भन्दै आयोजक समितीलाई धन्यबादका साथ बधाइ ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेबिसंघ रसुवाका पुर्व अध्यक्ष एवम रसुवा कांग्रेसका युवा नेता धर्मराज पौड्यालले पुरस्कृत सम्पुर्ण बिद्यार्थी तथा बिध्यालयको उज्ज्वल शैक्षिक भबिस्यको कामना गर्दै आगामी दिनहरुमा रसुवा जिल्लाको हर शैक्षिक अभियान तथा  बिद्यार्थी तथा बिध्यालयको समस्या समाधानमा नेपाली कांग्रेस रसुवाको साथ र सहयोग रहने प्रतिबद्धता गर्नुभएको थियो । समितिका वरिष्ठ उपाध्यक्ष शैलेष पौडेलले कार्यक्रमको संचालन गर्दै रसुवाबाट काठमाडौ आइ बसोबास गर्ने हर रसुवालीको  सुख-दु:खमा साथ अनि सहयोग गर्न नेपाली कांग्रेस रसुवा काठमाडौ सम्पर्क समिती सदैब अग्रणी भुमिकामा रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।