Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

शिक्षकले आफ्नै सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने

By kit

भदौ १८, नवलपरासी । यहाँस्थित एउटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ ।

कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैँले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय विद्यालयको अभिभावक भेलाले गरेको हो ।

आगामी वर्षदेखि लागू हुनेगरी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने विद्यालयका शिक्षक तथा कर्मचारीलाई विद्यालयमा हाजिर हुन नदिने निर्णयसमेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकेको गुनासो आइरहेको थियो ।

नवलपरासीका केही विद्यालयले यस्तो निर्णयलाई कार्यान्वयनमा ल्याइसकेका छन् भने केही विद्यालय कार्यान्वयनमा लैजाने चरणमा छन् । अष्ट्रेलियाको विद्यालय अवलोकन

गैँडाकोट इंलिस स्कुल गैँडाकोटका एक शिक्षकसहित चार विद्यार्थीले अष्ट्रेलियाको एक विद्यालय अवलोकन गर्न पाउने भएका छन् ।

अर्को वर्षको असार–साउन महिनामा एक साताका लागि अष्ट्रेलियाको द इसिंग्टन स्कुल डार्बिनको अवलोकनका लागि गैँडाकोट इंगलिस स्कुल र इसिंग्टनबीच सहमति भएको प्राचार्य हीरालाल अर्यालले जानकारी दिनुभयो । अवलोकनका क्रममा विद्यार्थीहरु जापान र अष्ट्रेलियाद्वारा सञ्चालन हुने वातावरणीय तथा जीव वनस्पति अध्ययन कार्यक्रममा सहभागी हुने विद्यालयले जनाएको छ । रासस