९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमा वुधवारदेखि सुरु क्यास्पीयन कपको तयारी पुरा

४ फाल्गुन २०७२, मंगलवार १४:००

फागुन ४, धनगढी ।

– प्रतियोगितामा २५ सहभागी
– उत्कृष्ट तीन टोलीहरुलाई नगद ३० हजार पुरस्कार दिईने
वुधवारदेखि धनगढीमा सुरु हुने निमावि स्तरीय क्यास्पीयन कप क्रिकेटको तयारी पुरा भएको छ । धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको क्यास्पीयन कपको चौथो संस्करण वुधवारदेखि सुरु हुन लागेको हो । यसअघि सोमवारदेखि सुरु हुने भनिएको प्रतियोगिता दुई दिन सारेर गर्न लागिएको हो ।

धनगढी उच्च माविको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन कैलाली क्षेत्र नम्वर ६ का सभासद पुष्करनाथ ओझाले गर्नु हुने कार्यक्रम तय गरिएको छ । २५ वटा विद्यालयहरुले भाग लिएको प्रतियोगिताको उद्घाटन खेलमा ऐश्वर्य विद्या निकेतन र ग्यालेक्सी उच्च मावि प्रतिस्पर्धा गर्ने भएका छन । दोस्रंो खेलमा धनगढी सिटी र पञ्चोदय एक आपसमा भिड्ने छन ।

नकआउटको आधारमा खेलाईने प्रतियोगिताका उत्कृष्ट तीन टोलीहरुलाई नगद ३० हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । विजेताले १५ हजार, उप–विजेताले १० हजार र तेस्रो हुने टीमले ५ हजार नगद हात पार्नेछन । क्यास्पीयन कपमा निमावि तहमा अध्ययनत विद्यार्थीहरुले मात्रै भाग लिन पाउनेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार दिईने आयोजक क्यास्पीयन एकेडेमीका सहायक प्रधानाध्याप अनिल मिश्रले जानकारी दिनुभयो ।

– सीताराम ओझा बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो