Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लैङ्गीक हिंसा न्यूनीकरणमा ओरेक

By kit

प्रभात सुवेदी । भदौ १८, बर्दिया ।

समाजमा लैङ्गिक विभेदमा आधारित हिंसाहरुमा वृद्धि भैरहेको अवस्थामा जिल्लामा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुले यस विषयमा पैरवी गर्दै आएका छन् ।

यसै सन्दर्भमा आज जिल्लाको बढैयाताल गाउँपालिका बडा नं. ६ अन्तर्गत रहेको शारदा माध्यमिक विद्यालय मैनापोखरमा लैङ्गिक विभेदमा आधारित हिंसा न्यूनीकरणमा युवाहरुको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

ओरेक नेपाल र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित बालिका पैरवी संजाल परियोजना अन्तर्गत आयोजित कार्यक्रमा युवा महिला, किशोरी समूह, युवा क्लब र बाल क्लबहरुबाट २९ जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा समाजमा हुने लैङ्गिक हिंसा तथा यसबाट सिर्जना हुने विभेदका बारेमा छलफल गरिनुका साथै यसबाट उत्पन्न समस्यालाई न्यूनीकरण गर्ने उपायका बारेमा पैरवी गरिएको ओरेक बर्दियाकी जिल्ला संयोजक तथा सहजकर्ता विपना योगीले बताउनुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै अोरेक बर्दियाकी स‌ंयोजक विपना योगी …