प्रज्वल पाैडेल/भदौ १९, रामेछाप ।
रामेछाप जिल्लामा सौन्दर्य कला व्यावसायी संघ जिल्ला शाखा गठन भएको छ ।

अाइतबार मन्थलीमा भएकाे सौन्दर्य कला व्यावसायीको भेलाले जया सुवेदीको अध्यक्षतामा १९ सदस्य कार्य समिती गठन गरेकाे हाे ।
नवगठित जिल्ला शाखाको उपाध्यक्षमा देवी बुढाथोकी, सचिवमा सङ्गीता अधिकारी,सहसचिवमा सन्ध्या महत र कोषाध्यक्षमा विमला कार्की रहेका संघकि सदस्य कल्पना तामाङले जानकारी दिइन्।

साैन्दर्य कला व्यावसायिहरुको दक्षता अभिवृद्धि गर्न, मुल्यमा एकरुपता ल्याउन र संगठित हुन संघ गठन गरिएको नवगठित संघकी अध्यक्ष जया सुवेदीले बताइन् ।
उद्योग बाणिज्य संघकि सदस्य एबम् महिला उद्यमी डम्बर कुमारी भडारीले संघ गठन गरेकाेमा पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

उनले महिला उद्यमीकाे अार्थिक विकासमा महिलाकाे एकताले महत्त्वपूर्ण भुमिका खेल्ने बताइन्।
केन्द्रीय अध्यक्ष बरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ रहेको सौन्दर्य कला व्यावसायी संघले सबै जिल्लामा शाखा बिस्तार गर्ने क्रममा रामेछापमा पनि जिल्ला शाखा गठन गरेको संस्थाकि सदस्य तामाङले जानकारी दिइन्।