११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

क्यास्पीन कप क्रिकेट प्रतियोगीता धनगढीमा सुरु

५ फाल्गुन २०७२, बुधबार १३:२४

फागुन ५, धनगढी । वुधवारदेखि धनगढीमा निमावि स्तरीय क्यास्पीयन कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

धनगढीमा रहेको क्यास्पीयन एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको क्यास्पीयन कपको चौथो संस्करण वुधवारदेखि सुरु भएको हो । धनगढी उच्च माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको कैलाली क्षेत्र नम्वर ६ का सभासद पुष्करनाथ ओझाले उद्घाटन गर्नुभयो ।

प्रतियोगीतामा धनगढीको ऐश्वर्या विद्या निकेतनले विजयी सुरुवात गरेको छ । आज भएको उद्धघाटन खेलमा धनगढीकै ग्यालेक्सी उच्चमावीलाई १० विकेटले पराजीत गर्दै ऐश्वर्या विद्या निकेतनले विजयी सुरुवात गरेको हो । टस जितेर व्याटीङ गरेको ग्यालेक्सीले निर्धारीत १२ ओभरमा ५५ रन बनायो ।

ग्यालेक्सीका लागी सौरभ चौधरीले सर्वाधीक १८ रन जोडे । ५६ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको ऐश्वर्याले ५ ओभरमा विना विकेटको क्षतीमा लक्ष्य भेटाएको हो । आजै हुने भनीएको पञ्चोदय र धनगढी सिटी स्कुल विचको खेल भने केहि विवाद देखीएपछि भोलीका लागी सारीएको आयोजकले जनाएको छ ।

प्रतियोगीतामा २५ वटा विद्यालयहरुले भाग लिएका छन् । नकआउटको आधारमा खेलाईने प्रतियोगिताका उत्कृष्ट तीन टोलीहरुलाई नगद ३० हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । विजेताले १५ हजार, उप–विजेताले १० हजार र तेस्रो हुने टीमले ५ हजार नगद हात पार्नेछन । नवराज पनेरुबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा