२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा महानायक राजेश हमाल फ्यान क्लब गठन

२०७२, ६ फाल्गुन बिहीबार ०३:५७

rajesh hamal fan club 1फागुन ६, कैलाली । कैलाली जिल्ला घुइयाँघाट गाउँका स्थानीय युवाहरुले विधिवत रुपमा समाज रुपान्तरणका लागि महानायक राजेश हमाल फ्यान क्लब गठन गरेका छन् ।

महानायक राजेश हमालले दलितका समस्या सम्मूर्ण नेपालीहरुको समस्या हो भनेर स्थापित गर्न गरेको प्रयास प्रति सम्मान जनाउन फ्यान क्लब गठन गरिएको फ्यान क्लबका अध्यक्ष राजकुमारी पार्कीले बताउनुभयो ।

फ्यान क्लबका अध्यक्ष राजकुमारी पार्कीले महानायक राजेश हमालको जन्म दिन जुन ९ तारिखलाई “म परिवर्तन हुँ” आई एम द चेन्ज दिवशका रुपमा मनाउने र क्लबलाई सुदूरपश्चिमका अन्य जिल्लामा पनि विस्तार गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जातिय विभेद उन्मूलनका लागि वकिलहरुको राष्ट्रिय अभियान ल्यानकाउ नेपालका पारालिगल अमृत बि.सी. ले महानायक राजेश हमालले जातिय विभेद उन्मूलन गर्न गरेको प्रयासले आफु जस्ता अधिकारकर्मीलाई उर्जा मिलेको बताउनुभयो ।

rajesh hamal fan club

कार्यक्रमका प्रमुख अतिथि ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले फ्यान क्लबको उद्घाटन गर्दै सिराहामा दिपक मलिकलाई न्याय दिलाउन गरेको प्रयासले राष्ट्रको विवेकलाई झक्झकाएको बताउनुभयो । महानायक राजेश हमाल परिवर्तनको सम्वाहक भएको र आज देशलाई हजारौं महानायकहरुको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सीता बि.क. ले महानायक राजेश हमालको विचार र भनाई सुनेर आफुहरुको आँखाबाट आँशु आएको । अन्ततः कोही त रहेछ हाम्रो पक्षमा उभिने भन्नुभयो ।

यसैगरि फ्यान क्लबकी सदस्य समना टमटाले गरीव र कमजोरका पक्षमा बोल्ने राजेश हमाल सही अर्थमा महानायक भएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता लक्ष्मी पार्कीले गर्नु भएका थियो । कार्यक्रममा ठुलो संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !