१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा महानायक राजेश हमाल फ्यान क्लब गठन

६ फाल्गुन २०७२, बिहीबार ०३:५७

rajesh hamal fan club 1फागुन ६, कैलाली । कैलाली जिल्ला घुइयाँघाट गाउँका स्थानीय युवाहरुले विधिवत रुपमा समाज रुपान्तरणका लागि महानायक राजेश हमाल फ्यान क्लब गठन गरेका छन् ।

महानायक राजेश हमालले दलितका समस्या सम्मूर्ण नेपालीहरुको समस्या हो भनेर स्थापित गर्न गरेको प्रयास प्रति सम्मान जनाउन फ्यान क्लब गठन गरिएको फ्यान क्लबका अध्यक्ष राजकुमारी पार्कीले बताउनुभयो ।

फ्यान क्लबका अध्यक्ष राजकुमारी पार्कीले महानायक राजेश हमालको जन्म दिन जुन ९ तारिखलाई “म परिवर्तन हुँ” आई एम द चेन्ज दिवशका रुपमा मनाउने र क्लबलाई सुदूरपश्चिमका अन्य जिल्लामा पनि विस्तार गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जातिय विभेद उन्मूलनका लागि वकिलहरुको राष्ट्रिय अभियान ल्यानकाउ नेपालका पारालिगल अमृत बि.सी. ले महानायक राजेश हमालले जातिय विभेद उन्मूलन गर्न गरेको प्रयासले आफु जस्ता अधिकारकर्मीलाई उर्जा मिलेको बताउनुभयो ।

rajesh hamal fan club

कार्यक्रमका प्रमुख अतिथि ल्यानकाउ नेपालका कार्यकारी निर्देशक प्रभाकर बागचन्दले फ्यान क्लबको उद्घाटन गर्दै सिराहामा दिपक मलिकलाई न्याय दिलाउन गरेको प्रयासले राष्ट्रको विवेकलाई झक्झकाएको बताउनुभयो । महानायक राजेश हमाल परिवर्तनको सम्वाहक भएको र आज देशलाई हजारौं महानायकहरुको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सीता बि.क. ले महानायक राजेश हमालको विचार र भनाई सुनेर आफुहरुको आँखाबाट आँशु आएको । अन्ततः कोही त रहेछ हाम्रो पक्षमा उभिने भन्नुभयो ।

यसैगरि फ्यान क्लबकी सदस्य समना टमटाले गरीव र कमजोरका पक्षमा बोल्ने राजेश हमाल सही अर्थमा महानायक भएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता लक्ष्मी पार्कीले गर्नु भएका थियो । कार्यक्रममा ठुलो संख्यामा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का