2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चाडपर्वका बेला बजार अनुगमन गरिने

लोकेन्द्र प्रशाद जोशी । भदौ १९, दार्चुला । चाडपर्व नजिकीदै जादा दार्चुलामा पनि बजार अनुगमन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा सोमबार बसेको कार्यालय प्रमखलगायत सरोकारवालाहरुको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो । बजारमा खाद्य पदार्थ तरकारी, फलफुलको दररेट तथा गुणस्तरमा देखीएको समस्या समाधान गर्नका लागि जिल्ला कृषि विकास कार्यालय र महाकाली नगरपालिकाको समुन्वयात्मक भुमीका एंव आपसी सहकार्यमा समाधान गर्ने निर्णय भएको छ ।

यस्तै खलंगा बजारको हकमा जिल्ला अनुगमन समिति तथा अन्य बजारहरुको हकमा भने सम्बन्धित स्थानीय तहलाई बेला बेलामा अनुगमन गर्नका लागी जिम्मेवारी दिने निर्णय भएको छ ।

दशै तिहार अघि जिल्ला जिल्ला कृर्षि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, उद्योग बिकास साखा, महाकाली नगरपालिका, उद्योग वाणिज्य संघ, प्रहरी ,पत्रकार लगायतबाट संयुक्त बजार अनुगमन गरिने भएको छ । यस्तै आसन्न चाडपर्व लागी खाद्यान्न, ग्यास , यातायात सवारी साधनहरुको सहज आपुर्तीका लागी सबै पक्षले आ आफ्नो क्षेत्रबाट सहयोग, समन्वय तथा सहजीकरण गर्ने समेत बैठकले निर्णय गरेको छ । लामो समय सम्म जिल्लाका बजार हरुको अनुगमन नहुँदा चाडपर्वका बेला कालोबजारी बढ्ने गरेको छ ।

जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बजार अनुगमन समिति भए पनि लामो समयदेखि बजार अनुगमन नगरिदाँ अहिले चाडपर्वका बेला खलंगा लगायतका ठाउँहरुमा कालोबजारी बढेको उपभोक्ताहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई