Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा जाँच

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, महोत्तरी । महोत्तरी जिल्लामा बाढी र डुबानले धेरै प्रभावित भएका क्षेत्रमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा १०३ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् ।

बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी यही शनिबारदेखि सोमबारसम्म छुट्टाछुट्टै तीन ठाउँमा तीन दिन सञ्चालन गरिएका शिविरमा सो संख्याका मोतियाबिन्दुका बिरामी फेला परेका हुन् ।

नेपाल नेत्रहीन सङ्घ, नेत्रहीन पुनःस्थापना कार्यक्रम, महोत्तरीले जानकी आँखा अस्पताल, जनकपुरको प्राविधिक सहयोगमा बर्दिबास, भङ्गाहा र लोहारपट्टि नगरपालिकाका बाढी प्रभावित बस्तीमा एक–एक दिन शिविर सञ्चालन गरेको हो ।

शिविरमा २३४ जनाले आँखा जाँच गराएका थिए । नेत्र रोग विशेषज्ञको जाँचबाट मोतियाबिन्दु ठहर भएकालाई शल्यक्रियाका लागि जानकी आँखा अस्पताल पु¥याइएको नेत्रहीन पुनःस्थापना कार्यक्रम, महोत्तरीका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिनुभयो ।

सबैको निःशुल्क शल्यक्रिया गरिने पुनःस्थापना कार्यक्रमले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा कुपोषण र सरसफाइमा कमी आएकाले त्यस क्षेत्रका बासिन्दामा आँखासम्बन्धी समस्या निकै बढेकाले चरण चरणमा शिविर सञ्चालन गर्न थालिएको कार्यकारी निर्देशक राईले बताउनुभयो । रासस