४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

अनुसन्धानमुखी शिक्षाका लागी आधुनिक प्रविधीको प्रयोग आवश्यकः भट्ट

३० चैत्र २०७२, मंगलवार १३:१४

kailali2प्रकाश बम/चैत ३०, अत्तरिया । समय सापेक्ष र अनुसन्धानमुखी शिक्षाका लागी आधुनिक प्रविधीको प्रयोग आवश्यक रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधी अध्ययन संस्थानका सहायक डिन प्रा.डा. चेतराज भट्टले बताएका छन् ।

गुराँस एकेडेमी माध्यमिक विद्यालय अत्तरियाले आफ्नो चौंथो बार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रममा सोमबार बोल्दै राज्यले समय सापेक्ष शिक्षानीति निर्माण गर्न नसकेको भन्दै उनले शिक्षाको मुल्याङ्कन पद्धती नै परिवर्तन हुनु पर्ने आवश्यक्ता औल्याए ।अनुसन्धानमुखी शिक्षाको भबिष्यका लागी विद्यालय स्तरबाटै पहल थालिनु पर्नेमा उनले जोड दिए ।

kailali1

सुपको शिक्षाको स्तर उकास्न सरकारी र निजीक्षेत्रको समन्वयात्मक प्रयासबाट यसक्षेत्रको शैक्षिक विकासलाई मूर्त रुप दिनु पर्ने भट्टको सुझाव थियो । प्रदेश नं. ७को केन्द्रका रुपमा रहेको अत्तरियामा खुलेको गुराँस एकेडेमी माध्यमिक विद्यालयले छोटो अवधीमै गरेको शैक्षिक र भौतिक विकास यसक्षेत्रको शैक्षिक विकासकालागी कोशेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी रहनु भएका भट्टले नीजि विद्यालयका शिक्षक शिक्षिकालाई प्याब्सन, एन प्याब्सन जस्ता छाता संगठनहरुले क्षमता अभिबृद्धिका लागी समेत प्रयास थाल्नु पर्ने सुझाव दिए । आज अभिभावक जिम्मेवार बन्न नसके भोली पछुताउनुको विकल्प नहुने भन्दै भट्टले अभिभावकले पनि विद्यार्थी प्रतिको दायित्व पुरा गर्नु पर्ने बताए ।

बार्षिकोत्सव समारोहमा शुभकामना मन्तव्य दिदै ऐश्वर्य विद्या निकेतन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले बार्षिकोत्सव आफ्नो क्षमता दर्शाउन सफल भएको भन्दै विद्यालयका लागी बार्षिकोत्सव महापर्व भएको बताए । शिक्षा नै देश विकासको मेरुदण्ड भएको भन्दै उनले विकासको मापन शिक्षा प्रणालीले गर्ने बताए ।

शिक्षामा सुधारले नै मुलुक विश्व प्रतिष्पर्धामा आउन सक्ने भन्दै उनले विद्यालयलाई मार्ग निर्देशन गर्ने दायित्व अभिभावकको भएको बताए । उनले यो विद्यालय यस क्षेत्रकै नमुना विद्यालय बन्ने आशा समेत ब्यक्त गरे । विद्यार्थीको सम्पूर्ण जिम्मेवारी विद्यालयको कांधमा हालेर अभिभावकले उन्मुक्ति नपाउने भन्दै टीभी मोवाईल र धारावाहीक जस्ता कार्यक्रमले विद्यार्थीको भविष्यमा प्रभाव पार्ने भन्दै उनले यो बिषयमा अभिभावक गम्भीर हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै अत्तरिया उद्योग बाणिज्य संघ अत्तरियाका अध्यक्ष बसन्त रोकायाले अत्तरिया क्षेत्रमा गुराँस एकेडेमी माध्यमिक विद्यालयले पारेको छापको मुल्याङ्घन गर्नै नसकिने बताए । अत्तरिया क्षेत्रमा नीजि विद्यालयको संख्यात्मक बृद्धिभएपनि गुणात्मकबृद्धि हुन नसकेको भन्दै गुराँस एकेडेमी माध्यमिक विद्यालयले गुणात्मकबृद्धि दर्ज गरेको बताए ।

kailali

नेपाल पत्रकार महासंघ कैलालीका सभापति भरत शाहले शुभकामना मन्तव्य दिदै राज्यले शिक्षाक्षेत्रमा ठूलो लगानी गरेर पनि प्रतिफल दिन नसकिरहेको अवस्थामा नीजि क्षेत्रको नतिजा उत्साहजनक रहेको बताए । पूर्वाधार विना पनि नीजि क्षेत्रका विद्यालयले उत्कृष्ट नतिजा दिई रहदा सरकारी नीति आफैमा अनुदारवादी रहेको उनले बताए ।

प्याब्सन कैलालीका अध्यक्ष आरसी यादवले निजी विद्यालय प्रतिको सरकारी दृष्टिकोणमा परिवर्तन आवश्यक भएको औल्याए । कार्यक्रममा शुभकामना मन्तव्य दिदै नेपाली कांग्रेस अत्तरिया नगर सभापति हेमप्रकाश उपे्रतीले लगानी र लगनशिलताको प्रतिफल गुराँस एकेडेमी माध्यमिक विद्यालय भएको भन्दै यसको उदेश्य र मर्म स्थानियले बुझ्न नसकेको औल्याए ।

यस विद्यालयले छोटो समयमा गरेको उपलब्धी सह्रायिन भएको उनले बताए । कार्यक्रममा श्रोतब्यक्ति भीम बहादुर बलायरले शैक्षिक प्रगतिकालागी नीजि र सरकारी विद्यालय बिच समन्वयको खांचो औल्याए । उनले नीजि र सरकारी विद्यालय बिच सौताको ब्यवहार हुन नहुने भन्दै गुराँस एकेडेमी माध्यमिक विद्यालयको तुलनामा अर्को विद्यालय नदेखिएको बताए ।

नेकपा एमाले क्षेत्र नं. ५का अध्यक्ष खम्भ बुढाले समाज परिवर्र्तनकालागी योग्यता आवश्यक भएको भन्दै त्यसकालागी शिक्षा क्षेत्रमा सुधार आवश्यक भएको बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डे आगोले गुराँस एकेडेमी माध्यमिक विद्यालयले कैलालीको शिक्षा क्षेत्रमा नयां आयाम थपेको दावी गरे ।

पर्याप्त भौतिक पूर्वाधारका बिच रहेको विद्यालयले यस क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको उनले बनाएको बताए । आगोले अत्तरिया क्षेत्रमा विज्ञान संकायमा राम्रो क्याम्पसको आवश्यक्ता र आजको समयमा विद्यालयमा नैतिक शिक्षा आवश्यक भएको दावी गरे । उनले नीजि विद्यालयले स्तरिय शिक्षा र दक्ष जनक्तिदिन सफल भएको भन्दै यसलाई राज्यले प्रोत्साहन गर्नु पर्ने सुझाए ।

शिक्षक अभिभावक संघका अध्यक्ष पीआर चटौतको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डम्बर कडायतले आफुले समय सापेक्ष शिक्षानीति लागुगर्न खोजेको भन्दै समय सापेक्ष शिक्षामा आफुले जोड दिई रहेको दावी गरे । आज समय सुहाउदो शिक्षाको आवश्यक्ता भएको भन्दै उनले यसका लागी अभिभावकको सहयोग आवश्यक भएको औंल्याए ।

संस्थाको बृहत्तर भविष्यका लागी शैक्षिक बातावरण बनाउन अभिभावकको भुमिका महत्वपूर्ण हुने उनको भनाई थियो । बार्षिकोत्सवमा कक्षा ८ की छात्रा लविना चटौत लाई प्रमुख अतिथी प्रा.डा. भट्टले ‘स्टार अफ दि ईयर २०७२’को अवार्ड प्रदान गर्नुभएको थियो ।

न अभिभावकको भुमिका महत्वपूर्ण हुने उनको भनाई थियो । बार्षिकोत्सवमा कक्षा ८ की छात्रा लविना चटौत लाई प्रमुख अतिथी प्रा.डा. भट्टले ‘स्टार अफ दि ईयर २०७२’को अवार्ड प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी