२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जिओनी धनगढी हाप म्याराथन २०१६

२०७३, १ बैशाख बुधबार ११:५१

बैशाख १, धनगढी ।  नयाँ वर्षको अवसर पारी धनगढी जेसिजद्वारा बुधबार धनगढीमा भएको ‘जिओनी धनगढी हाप म्याराथन २०१६’ को उपाधी विभागीय टीमले उपाधी हात पारेका छन् । धनगढी जेसिजले सन् २०१४ देखि शुरुवात गरेको यो प्रतियोगिता तेस्रो संस्करण हो ।

game2

 

हाप म्याराथन अन्तरगत सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले ५१ हजार नगद सहित उपाधी हात पारे । बिहान साढे छ बजे धनगढी रंगशालाबाट ट्राफिक चौराह—गेटा र पुनः गेटा हुँदै ट्राफिक चौराह—रंगशाला पुगेर समापन भएको खुला तर्फको म्याराथनको दूरी २१ किलोमिटर एक सय मिटर रहेको थियो ।

game1

उक्त दूरीमा विजेता पार्कीले एक घण्टा ९ मिनेट ३५ सेकेण्डमा दूरी पार गरेका थिए । त्यस्तै, प्रतियोगितामा नेपाली सेनाका लालबहादुर धामीले एक सेकेन्ड अर्थात एक घण्टा ९ मिनेट ३६ सेकेण्डमा पार गरी दोस्रो भए भने नेपाली सेनाका खगेन्द्र भाटले एक घण्टा १० मिनेट एक सेकेण्डमा निर्धारित दूरी पार गरी तेस्रो भए ।

दोस्रो भएका धामीले २५ हजार र तेस्रो भएका भाटले १५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यो प्रतियोगितामा पाँच सय ५० सहभागी भएकोमा एक सय ९ जनाले निर्धारित दौड पूरा गरेका थिए । त्यसमध्ये तीन जना महिला र तीन जना ५० वर्षभन्दा माथिका रहेका थिए ।
त्यस्तै, ट्राईसाईकल प्रतियोगीता अन्तरगत धनगढी रंगशाला हुँदै ट्राफिक चौराहा र ट्राफिक चौराह हुँदै पुनः रंगशाला पुगेर समापन भएको पाँच  किलोमिटर दूरीमा पहिलो हरी कुमाल, दोस्रो सुरजलाल चौधरी र तेस्रो रामचन्द्र जोशी भएका थिए । कुमाल, चौधरी र जोशीले क्रमशः पाँच  हजार, तीन हजार र दुई हजार नगद सहित मेडल र प्रमाणपत्र हात पारे ।

यो प्रतियोगीतामा चार जना सहभागी भएका थिए ।  उता, कर्पोरेट मिडिया तथा अन्य दौड प्रतियोगिता अन्तरगत धनगढी रंगशाला—ट्राफिक चोक हुँदै पुनः ट्राफिक चौराहा—रंगशालाको पाँच किलोमिटरको दूरीमा पहिलो झलक दौल्याल, दोस्रो निर्मल लम्साल र तेस्रो गोविन्द बानिया भएका थिए । उनीहरुलाई मेडल तथा प्रमाणपत्र लगायत वितरण गरिएको थियो । यो प्रतियोगीतामा २ सय जना सहभागी भएका थिए ।
फोटो क्याप्सन : 
फोटो १ : खुला हाप म्याराथन अन्तरगत प्रथम भएका सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की निर्धारित २१ किलोमिटर एक सय मिटर पार गर्दै ।
फोटो २ : खुला हाप म्याराथनमा पहिलो, दोस्रो र तेस्रो बिजेता ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !