२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–जोमसोम सडक रातको समयमा बन्द

२०७४, २१ भाद्र बुधबार ०५:५४

भदौ २१,म्याग्दी। बेनी–जोमसोम सडकमा भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएको छ । 

सो सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थियो । 

तर, अहिले पनि समस्या पहिलेकै जस्तो रहेकाले भदौ ३१ गतेसम्म समय थप गरिएको र तोकिएको समयमा सवारीसाधन सञ्चालन गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले समय अवधिलाई भदौको अन्तिमसम्म थप गर्ने प्रस्तावमा सुरक्षा निकाय, यातायात व्यवसायीले समेत सहमति जनाएका थिए । 

रातको समयमा सवारीसाधन सञ्चालन गर्दा मानवीय जोखिम बढेपछि समय अवधि तोकेर यातायात बन्द गर्ने निर्णयको सरोकारवाला निकायले समेत स्वागत गरेका छन् । 

कुल ७६ किलोमिटरको सडकखण्डअन्तर्गत म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ । अन्नपूर्ण गाउँपलिका–३ दानाको गुँइठेभीर, दानाकै काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ मा खसेको पहिरोले गर्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सडकखण्डअन्तर्गत पर्ने खोलाको सतहसमेत घटेको छैन । 

“म्याग्दी खण्डमा धेरै पहिरोले सताएको छ” बेनी–जोमसोम–सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भन्नुभयो । शेरचनले म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३, गुँइठेभीर, घट्टेखोला, काभ्रेभीरमा खसेको पहिरो पन्छाउन निकै समस्या हुने गरेको बताउनुभयो । 

गत वर्ष बेगखोलामा आएको बाढीले बस्ती र खोलाको बेलिब्रिज बगाए पनि सम्बन्धित निकायले खोलामा पक्की पुल बनाउनेतर्फ ध्यान नदिँदा सवारीसाधनका साथै पैदलयात्रीलाई समेत सास्ती भएको स्थानीयवासीको भनाइ छ । 

आजदेखि शुरु भएको सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तीर्थयात्रीलाई समस्या भएको छ भने मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको व्यापारीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै