2026-10-15 01:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण,भाषा जोगाउन जुम्लाबासी तत्पर

शुरबहादुर सिँह। भदौ २१, जुम्ला। लोपोन्मुख अवस्थामा पुगेको खस भाषाको उत्खननस्वरुप पहिलोपटक कर्णालीको जुम्लामा ‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण गरिएको छ । 

मातृभाषा केन्द्र नेपालद्वारा आयोजित तीनदिने कार्याशाला गोष्ठीमा सहभागी यहाँको खस भाषा, कला, संस्कृति र इतिहाससम्बन्धी जानकारको अन्तिम निर्णयले ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदा निर्माणको प्रस्ताव गरेको हो । प्रस्तावित ‘खस जुम्ली भाषा लेखनशैली’ मस्यौदाको व्यञ्जन वर्ण २९ अक्षर र स्वर वर्ण ६ वटा छन् । 

आवश्यक परेको खण्डमा परिमार्जित संस्करणमा प्रयोग गर्नेगरी अहिले प्रस्तावित मस्यौदाबाट व्यञ्जन वर्णहरु ञ, ण, श, ष, क्ष, त्र र ज्ञ र स्वर वर्ण ई, ऊ, ऋ, ऐ, औ, अं, अ ः बाहिर राखिएको छ । तत्कालीन कर्णाली खस राज्यभित्र बोलिने खस भाषा र बोलचालसम्बन्धीको भाषा एवं जनबोलीलाई आधार बनाएर प्रस्तावित मस्यौदा निर्माण गरिएको भाषासेवी तथा जुम्ली खस शब्दकोशका सम्पादक रमानन्द आचार्यले जानकारी दिनुभयो । 

“मस्यौदामा कर्णाली क्षेत्र र तिनको सेरोफेरोका जिल्लाको बोलचालसम्बन्धीको खस भाषा समेटिएको छ,” भाषासेवी आचार्यले भन्नुभयो । उहाँका अनुसार विसं १८४६ पछि कर्णालीको पहुँच केन्द्रीय सरकारबाट कमजोर हुँदा खस भाषा ओझेलमा पर्दै गएको र ढिलोगरी प्रस्तावित मस्यौदा बने पनि यो काम सराहनीय छ । 

पूर्वशिक्षकहरु, कला संस्कृति एवं खस साहित्यकार, भाषाका जानकार र पत्रकारको संलग्नतामा निर्मित प्रस्तावित मस्यौदामा यो क्षेत्रको कथ्य शब्द ‘स्ह’ को लेख्य रुप दिन नयाँ वर्णमा प्राथमिकीकरण गरिएको छ । खस भाषाका जानकारद्वय गणेशप्रसाद चौलागाईं र गुरुराज न्यौपानेले मस्यौदामा २९ व्यञ्जन र छवटा स्वर वर्ण मात्र खस भाषामा प्रयोग गरिए पनि विद्यार्थीलाई अन्य वर्ण प्रयोग पढाउनुपर्ने मत राख्नुभएको थियो । 

यता पूर्वशिक्षक मुनिश्चन्द्र न्यौपानेले खस भाषा पूरै राष्ट्रियकरण नभए पनि नेपाली भाषाका धेरै वर्ण खस भाषाबाटै विकसित भएको दाबी गर्नुभयो । खस भाषामा आधारित मस्यौदाले यहाँको पहिचान जोगाउने उहाँको भनाइ थियो । तिलागुफा नगरपालिका कालीकोट जुविथागाउँका बलिराज शाहीले मस्यौदाको अन्तिम रुप दिन सक्नु ऐतिहासिक उपलब्धि हुने तर्क गर्नुभयो । 

मातृभाषा केन्द्र नेपालका निर्देशक सुशील सुब्बा लिम्बूले मस्यौदाको पहिलो संस्करण प्रकाशन गरेर स्थानीय तहका सबै ठाउँमा अध्ययन अवलोकनका लागि वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रस्तावित मस्यौदा नागरिकस्तरबाट स्वीकृत भएमा मात्र ‘खस जुम्ली भाषा लेखनशैली’का रुपमा पारित हुनेछ ।” 

समयमै गरिएको निर्णयले आफैँलाई नै राम्रो हुने भन्दै निर्देशक लिम्बूले भाषा निर्माणले राष्ट्रिय मेलमिलाप र क्षेत्रीय विविधतालाई कायम गरेर अघि बढ्नु अनुरोध गर्नुभयो । भाषासम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय संस्था (सिल)का भाषा विकास विज्ञ डा नेत्रमणि राई र भाषा सफ्टवेयर विज्ञ दिवाकरमान श्रेष्ठले लोलिबोलीमा खस भाषाको विशेषता बढी देखिएको भन्दै आफ्नो भाषिक सिद्धान्त प्रयोगमा ल्याउन अनुरोध गर्नु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित