Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

स्थानीय तह सँग सहकार्य गरेर मात्र काम गर्न दार्चुलाका जनप्रतिनिधिहरुको सुझाव

२०७४, २२ भाद्र बिहीबार १६:४५

भदौ २२, दार्चुला । दार्चुलाका स्थानीय तहका जनप्रतिनिधिहरुले सम्बन्धित नगरपालिका गाउँपालिकामा गैरसरकारी संस्थामार्फत सञ्चालन हुने कार्यक्रममा सहकार्य गरेर मात्र काम गर्न सुझाव दिएका छन् । 

सामुदायिक ग्रामीण विकास समाज अन्तर्गत पहल कार्यक्रमले आयोजना गरेको समन्वय गोष्ठीमा यस्तो सुझाव दिएका हुन् । कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन पहल कार्यक्रमले पानीको बहुउपयोग प्रविधि सम्बन्धी जिल्लास्तरीय समन्वय गोष्ठी आयोजना गरेको हो । 

पहलले हाल साविकका पाँच गाविसमा कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले गैरसरकारी संस्थामार्फत सञ्चालन हुने कार्यक्रम स्थानीय तह सँगको सहकार्य र सुझाव अनुसार सञ्चालन नभए औचित्य नरहने बताएका हुन् । 

लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले गैरसरकारी संस्थाहरुले सम्बन्धित स्थानीय तहमै गएर कार्यक्रम बारे जानकारी गराउनुपर्ने बताउनुभयो । कार्यक्रम सञ्चालन गर्दा आग्रह पूर्वाग्रह ढंगले हेरिए त्यस्ता कार्यक्रमलाई नियमन गरिने उहाले बताउनुभयो ।

जुनसुकै गैरसरकारी संथा भएपनि स्थानीय आवश्यक्ताको आधारमा कार्यक्रम सञ्चालन गरिनुपर्छ, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले भन्नुभयो । जुन क्षेत्रमा जे अभाव छ, सोही अनुसार सहकार्य गर्ने हो भने स्थानीय तहले समेत सहकार्य गर्छ । उहाँले मालिकार्जुन क्षेत्रमा अहिले पनि नागरिकले दुइ घण्टा हिडेर पानी खानुपरेको उल्लेख गर्दै यस्ता क्षेत्रमा यो कार्यक्रमले सहयोग गर्नुपर्ने बताउनुभयो ।

अधिकांश गैरसरकारी संघ संस्था र विषयगत कार्यालयहरुले एउटै कार्यक्रम डुब्लीकेशन गरेर काम गर्ने गरेको भन्दै, शैल्यशिखर नगरपालिका प्रमुख अमरसिह धामीले अभाव भएको क्षेत्रमा गएर काम गर्न सुझाव दिनुभयो । 

जिल्ला समन्वय समिति प्रमुख करबीरबहादुर कार्कीले हरेक क्षेत्र सँग समन्वय गर्न सके मात्र विकास सम्भव हुने धारणा राख्नुभयो । पहिलकै अवस्थामा काम गर्ने हो भने विकास सम्भव नहुने भन्दै उहाँले सबै मिलेर जिल्लाको विकास गर्नुपर्ने बताउनुभयो ।

केहि कार्यक्रम सुआहारा र पहल कार्यक्रमको एउटै प्रकृतिको भएको भन्दै यस्ता कार्यक्रममा सचेत हुन समेत सहभागिले सुझाव दिए । सुआहारा र पहलले गरिरहेको पोषणको कार्यक्रम एउटै प्रकृति र लक्षित वर्ग उहि छन् । तर सामुदायिक ग्रामीण विकास समाज नेपालका टिम लिडर अशोक ओझाले कार्यक्रम उस्तै भएपनि बजेटमा डुब्लीकेशन नभएको दाबी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ