2026-09-19 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना: ९ जना घाइते, दुईको अवस्था गम्भीर

भदौ २३, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

डण्डाबाट भरतपुरका लागि छुटेको ना ४ ख ८२ २५ नम्बरको बस तिब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको रजहर प्रहरीले जनाएको ।

दुर्घटनामा परि घाइते भएका ७ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

हराएकी १२ वर्षीयाबालिका फेला परिन्

यसैगरी गत मंगलबारदेखि हराइरहेकी नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारी बस्ने एक बालिका फेला परेकी छिन् । 

आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता गुरुङ गत मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीहरुसँग दिउँसो १२ बजेको समयमा पौडी खेलिरहेको अवस्थामा हराएकी थिइन् । 

तीनजना साथी घर फर्के तर अस्मिता भने दाइको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको अवस्थामा बिहीबार नवलपरासीको दाउन्नेपारि पोलटारी भन्ने ठाउँमा बसिरहेको अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा