2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखाको प्रहरी हिरासतमा रहेका किशोरको रहस्यमय मृत्यु

दोलखा, २३ भदौ । दोलखा प्रहरीको हिरासतमा रहेका एक किशोरको मृत्यु भएको छ ।

भोजपुर घर भई दोलखाको भिमेश्वर नगरपालिका ५ किरातीछाप बस्दै आएका रवि केसीको बिहिबार मृत्यु भएको हो । चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका केसीको पेटमा समस्या आएको र उपचारका लागि काठमाडौँ लैजाने क्रममा रामेछापको मिल्तीमा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो । प्रहरीका अनुसार बिहिबार बिहान सवेरै एक्कासी पेट दुखेपछि केसीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट लगिएको थियो ।

तर त्यहाँ उपचार हुन नसकी काठमाडौँ रिफर गरिएका केसीको बिच बाटोमै मृत्यु भएको हो । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका डा. विनोद दंगालले केसीको आन्द्रामा समस्या भई धेरै फुलेको र तत्काल ‘जटिल’ अप्रेशन गर्नुपर्ने भएका कारण रिफर गरिएको जानकारी दिनुभयो ।भोजपुर घर भएका मृतक केसी बुबा ध्रुव र आमा रितासँगै मावली गाउँ किरातीछापमा बस्दै आएका थिए । मृतक केसीको उमेर १५ वर्ष मात्रै भएको परिवारजनले बताएका छन् । तर दोलखा प्रहरीले भने उनको उमेर १८ वर्ष भएको दावि गरेको छ ।

दोलखा प्रहरीले सदरमुकाम चरिकोट आसपासबाट ल्यापटप लगाएतका सामाग्री चोरी गरेको आरोपमा केसीलाई भदौ १९ गते पक्राउ गरेको थियो । ४ दिनदेखि प्रहरी हिरासतमा रहेका केसीको मृत्यु भएपछि अहिले उनको उमेरको विवाद सुरु भएको छ । मृतकका परिवार र आफन्तजनले केसीको मृत्युको घटनालाई शंकास्पद भनेका छन् । यद्धपी, दोलखा प्रहरीले भने एक्कासी पेटमा आएको समस्याका कारण उनको मृत्यु भएको स्पष्ट पार्दै पोष्टमार्टम पछि शव आफन्तलाई बुझाउने जनाएको छ । मृतकको शव अहिले पोष्टमार्टमका लागि शवगृहमा राखिएको छ ।

कानुनतः १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई प्रहरी हिरासतमा राख्न नपाउने व्यवस्था छ । केसीको वास्तविक उमेर १५ वर्ष मात्रै भएको पुष्टी भएमा दोलखा प्रहरीले गैरकानुनी रुपमा बालकलाई हिरासतमा राखेको ठहरीनेछ । मृतक केसी ध्रुव र रिताका एक मात्र सन्तान हुन । उनको परिवारको आर्थिक अवस्था समेत कमजोर रहेको स्थानीयले बताएका छन् ।

Source : edolakha.com

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई