जाजरकोटमा बेलुका ९ बजेभित्र होटल, पसल बन्द गर्न निर्देशन

साझासवाल
1 Min Read

कात्तिक २२, जाजरकोट । स्थानीय प्रशासनले शान्तिसुरक्षालाई ध्यान दिँदै बेलुका ९ बजेभित्र होटल, पसल बन्द गर्न निर्देशन दिएको छ ।

तिहारको अवसरमा शान्तिसुरक्षामा कमी हुन नदिन जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशन गरी राति ९ बजेभित्र सदरमुकामलगायत जिल्लाका सबै ठाउँमा होटल, पसल, देउसी भैली, बन्द गर्न अनुरोध गरेकोे छ।

यसअघि जिल्ला भित्रने नाकामा मदिराजन्य पदार्थ भित्रन नदिन जाँच कडा गरेको स्थानीय प्रशासनले एकपछि अर्को गरी नियम कडा गराउँदै आएको छ ।

कडा नियम गरेसँगै जाजरकोटका स्थानीयवासीले शान्तिसुरक्षा पाएको महसुस गरेको बताएका छन्। जिल्लाको शान्तिसुरक्षामा कमी नहोस् भनी यो कार्य गरेको निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज सेडाईंले जानकारी दिए ।

Leave a Comment

Leave a Reply