2026-08-30 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जवरजस्ती करणी गर्नेलाई २० वर्ष ६ महिना कैद

गोबिन्द बिश्वकर्मा/चैत्र १५, सुर्खेत । सुर्खेत जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ हर्रेका २९ वर्षका वीरबहादुर टमटा (सुनार) लाई २० वर्ष ६ महिना कैद र एक लाख रुपैया जरिवाना हुने गरी फैसला गरिएको हो ।

७ बर्षकी बालिका नामथर परिवर्तित ६४ छिन्चु (क) र  ६ वर्षकी ६४ छिन्चु (ख) लाई सुनारले २०७२ साउन १ गते रक्सी खाई जवरजस्ती करणी गरेको भनी साउन १२ गते परिवर्तित नामथर रिमा खड्काले प्रहरीमा जाहेरी दिएकी थिईन । सुनारलाई प्रहरीले २०७२ साउन २४ गते पक्राउ गरी अभियोगका साथ २०७२ भदौ २ गते अदालतमा पेश गरेको र सुर्खेत जिल्ला अदालतले पुर्पक्षको लागि सोही दिन नै थुनामा राख्न पठाएको थियो ।

फैसलानुसार पिडित छिन्चु (क) लाई जबरजस्ति करणी गरे बापत १० वर्ष कैद र पचास हजार रुपैया क्षतिपुर्ति एवं पिडित छिन्चु (ख) लाई जबरजस्ति करणी गरे बापत १० वर्ष ६ महिना कैद र पचास हजार रुपैया क्षतिपुर्ति हुने ठहरी फैसला भएको भनी सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार श्री वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने