२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

२०० मिटरभन्दा माथिबाट ठोक्किदै झर्यो, धुरीमा बजारियो ! (हेर्नुहोस् १० तश्विर)

२०७४, २४ भाद्र शनिबार १०:०४

भदौ २४, नुवाकोट | काठमाडौँबाट नुवाकोटको खरानीटार तर्फ जाँदै गरेको यात्रुबाहक बस आज मध्यान्हतिर खतरनाक दुर्घटनामा परेको छ । 

दुर्घटनामा ४ जना भन्दा बढीको मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ भने अझै मृतकको शंख्या थपिन सक्ने बताईएको छ । मृत्यु हुनेमा विदुरकी शशी बोगटी र तादी– ५ कि लक्ष्मी न्यौपानेको सनाखत भएको छ ।

काठमाडौंबाट बिहान ९:३० बजे नुवाकोटको खरानीटार तर्फ जाँदै गरेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस टोखा-छहरे सडक खण्डको शिवपुरी ७ मा सडकबाट झन्डै २०० मिटरभन्दा तल पल्टिएको थियो । सडकबाट खसेको बस स्थानीयको धुरीमा गएर अड्किएको छ । गाडीको पुरै भाग ध्वस्त अवस्थामा छ भने स्थानीयको भनाई अनुसार गाडी धेरै पटक टक्कर खाँदै गोठमा आइ अड्किएको हुँदा क्षेतीग्रस्त भएको र धेरै यात्रुहरु गम्भीर अवस्थामा घाइते भएका छन् । 

घटनामा डेढ दर्जन भन्दा बढी घाइते भएका छन् । उनीहरु मध्ये केहि घाइतेहरुलाई काठमाडौँको ग्रीन सिटि हस्पिटल ल्याईएको छ । उद्दार गरि काठमाडौँ ल्याइएको घाइतेहरुको अवस्था बुझ्न कांग्रेस नेताहरु अर्जुन नरसिंह केसी र जगद्धिश्वर नरसिंह केसी पुगेका छन् ।

टोखा-छहरे सडक खण्ड निकै समस्याग्रस्त र खतरनाक सडक खण्ड अन्तर्गत पर्दछ । पछिल्लो समय बर्षाको कारण उक्त सडक खण्डमा सवारी आवागमन समेत निकै प्रभावित हुने गरेको छ । भिरको बाटो भएको हुनाले चालकले थोरै मात्र सन्तुलन गुमाउँदा पनि भयानक दुर्घटनाको सिकार बन्ने अवस्था छ । 

हेर्नुहोस् तश्विरहरु: 





तश्विर साभार: सामाजिक संजालबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ