2026-10-15 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेवा प्रवाह प्रभावकारी नभएको भन्दै सेवाग्राहीहरुको गुनासो

गोविन्द बिश्वकर्मा/चैत २४, सुर्खेत । सुर्खेतका निजामति कर्मचारीहरु आफ्नो निर्वाचनका लागि खटिँदा सेवा प्रवाह गतिलो नभएको भन्दै सेवाग्राहीहरुले गुनासो गर्न थालेका छन् ।

आफ्नो आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि भन्दै जिम्मेवार भनिएका कर्मचारी नै प्रचार प्रसारमा लाग्दा सेवा प्रवाहमा असर परेको हो । यस्तो काममा विशेषगरि गाविस सचिवहरु लागिरहेका नाम नबताउने शर्तमा एक जना सेवाग्राहीले जागरणसँग गुनासो गरे । सरकारी कर्मचारीहरु आफ्नो संगठनलाई जतिसक्यो बढि भोट संकलनका लागि प्रचारप्रसारमा लागेका छन् ।

ती सेवाग्राहीकाअनुसार सरकारी काम गर्नुपरेमा सम्वन्धीत कर्मचारीलाई फोन गरेर पहिला समय लिनुपर्ने अवस्था आएको बताएका छन् । अहिले प्रजातान्त्रिकहरुको तर्फबाट भनेर नेपाल निजामति कर्मचारी युनियन (संघ) र प्रगतिशिलतर्फबाट भनेर नेपाल निजामति कर्मचारी संगठनले प्रचार प्रसार गरेका छन् । नेपाल निजामति कर्मचारी युनियन (संघ) ले आफ्नो टीमलाई विजयी गराउन भन्दै केहि समय पहिलादेखि नै प्रचार प्रसार गरेको थियो ।

त्यसपछि नेपाल निजामति कर्मचारी संगठन पनि प्रचारमै होमिएको थियो । तर कर्मचारीहरुले भने विहान वा साँझको समय पारेर काम प्रभावीत नहुनेगरि प्रचार गरिएको भन्दै वचाऊ गरेका छन् । कर्मचारी–कर्मचारीबीच हुने आन्तरिक निर्वाचनका लागि खुला रुपमा प्रचारप्रसारको जरुरत नपर्ने भए पनि प्रचार प्रसार गरेर झन भड्किलो बनाइएको गुनासो बढेको छ ।

देशभरबाट निजामति कर्मचारीले एउटा संगठनलाई भोट हाल्नुपर्नेछ भने सवैभन्दा धेरै मत पाउनेले अध्यक्ष पद आफ्नो संगठन भित्रबाट छनोट गर्नेछ । त्यसैगरि दोश्रो कम मत पाउनेले उपाध्यक्ष, त्यसभन्दा कम पाउनेले सचिव जस्तै गरि पद बाँडफाँट गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने