Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 10, 2017 पर्बत - PBT, समाज

पर्वतमा भूकम्पपीडितका लागि घरमै पुगेर बैंक खाता

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २५, पर्वत। भूकम्पपीडितका लागि यहाँको एक निजी बैंक र जनप्रतिनिधि घरघरमै पुगेर खाता खोल्न थालेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कमा गाउँघरमै पुगेर भूकम्पबाट पूर्णरुपमा घरगोठ भत्केका सर्वसाधारणको बैंक खाता खोलिएको छ ।

कुश्मा नगरपालिका वडा नं १४ का जनप्रतिनिधिको पहल र गरिमा विकास बैंक कुश्मा शाखाको सक्रियतामा वडा कार्यालयमा शनिबार बैंक खाता खोलिएको छ । ५० जना सर्वसाधारणको बैंक खाता खोलिएको कुश्मा नगरपालिका–१४ का वडा सदस्य होमनाथ रिमालले जानकारी दिनुभयो । भूकम्पबाट घर गोठ भत्केर टहरा र पालमुनि बसेका सर्वसाधारणले गाउँमै बैंक खाता खोलिएपछि निकै खुशी भएका छन् ।

भूकम्पपीडितले घर बनाउने अनुदानको पहिलो किस्ता भुक्तानी लिने र यो हिउँदमा घर बनाउने अवसर पाउनेछन् । आर्थर डाँडाखर्कमा ६२ परिवारका घरगोठ पूर्णरुपमा क्षति भएका छन् । यसबाहेक पूर्णरुपमा घरगोठ क्षति भएर पनि पूर्णक्षतिमा नपरेका परिवारले वडा कार्यालयमार्फत गुनासो भरेका छन् । विवरण नमिलेका र सच्याउनुपर्ने परिवारलाई कुश्मा नै खाता खोल्ने व्यवस्था मिलाइएको वडा सदस्य रिमालले जानकारी दिनुभयो ।

बैंकले भूकम्पपीडितको अहिलेसम्म ४०० भन्दा बढी खाता खोलिसकेको कुश्मा शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले बताउनुभयो । रासस