2026-10-15 03:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रत्न पत्थर प्रशोधन तालिम सुरु

गोविन्द बिश्वकर्मा/ चैत २६, सुर्खेत । ३ महिने रत्न पत्थर प्रशोधन तालिम शुक्रबार देखी वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको छ । एन टी आइ एस कार्यक्रम अन्तरगत घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा सुर्खेतको आयोजनामा उक्त तालिम सुरु भएको हो । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय सुर्खेतका निर्देशक विनोद देव पन्तले तालिम प्रभावकारी रुपमा सिकेर ब्यवहारमा ल्याउन सकेमात्र तालिमको सिकेको महत्व हुने उनको भनाई छ ।

सिकेका कुरा ब्यवहारमा लागु गर्नका लागी तालिममा सिप सिक्नु पर्ने बताए । यसमा रोजगारीका अबसर नभए पनी स्वरोजगारका अबसर थुप्रै रहेको बताए ।उनले ब्यवसाय सचेतना तालिम लिएका सहभागी तथा अन्य सहभागी भएकाले तालिम प्रभावकारी हुने उनको भनाई थियो । बहुमुल्य रत्न पत्थर केहो यसको महत्व कस्तो छ भन्ने कुरा सचेतना तालिममा सिकेकाले समेत तालिम प्रभावकारी हुने पन्तको भनाई थियो । तालिम सञ्चालन पश्चात तालिमका सहभागीहरुलाई रोजगारीका अवसर प्रदान गर्ने योजना रहेको निर्देशक पन्तले बताए । यो क्षेत्रमा भएका वहुमुल्य पत्थरको वजारीकरणमा सहयोग पुग्ने उनको भनाई थियो । यो एउटा अभियान सुरु भएको छ ।

तालिममा लगनशिल र महेनती भएमात्र सफलता प्राप्त हुने भएकाले सहभागीहरु सिप सिक्न अग्रसर हुनु पर्ने वताए । तालिममा भारतबाट बहुमुल्य रत्न पत्थर प्रशोधन समवन्धी विज्ञ ल्याइने निर्देशक पन्तले बताए । निर्देशक पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लघु उद्यम विकास कार्यक्रम मेडेपका तारामान लिम्वु, घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय सुर्खेतका उद्योग अधिकृत आईी चौधरी ,लगायतको उपस्थीत रहेको कार्यक्रमको सञ्चालन कार्यलयका वरिष्ठ लेखा अधिकृत माधव न्यौपानेले गरेका थिए ।

यसैबिच, ३ महिने ढाका बुनाई तालिम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय सुर्खेतको आयोजनामा सञ्चालित तालिम शुक्रवार सम्पन्न भएको हो । समापन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा सुर्खेतका निर्देशक विनोद देव पन्तले तालिम सिकेर मात्र नहुने भएकाले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्नु पर्ने वताए । तालिममा सिकेका कुरा व्यवहारमा लागु गरे मात्र तालिम प्रभावकारी हुने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने