2026-09-18 05:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा निषेधाज्ञा जारी, केही खुकुलो पारीयो

sabchan

प्रभात सुवेदी । भदौ १४, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको सदरमुकाम गुलरिया र राजापुर नगरपालीकाका केहि स्थानमा अर्को आदेश जारी नभए सम्मका लागि जारी गरेको निषेधाज्ञा निरन्तर रहेको छ । थरुहट/थारुवान र मधेशी मोर्चाको आन्दोलनको कारण हुन सक्ने तनावलाई नियन्त्रण लागू गरिएको निषेधाज्ञाको दायरा भने केही घटाइएको छ ।

निषेधाज्ञा जारी गरिएको स्थानमा धर्ना, जुलुस र सभा गर्न, कुनै पनि घरेलु हातहतियार , विस्फोटक पदार्थ बोतल तथा कुनै भाडामा पेट्रोल, डिजल जस्ता ज्वलनशिल पदार्थहरु साथमा लिएर हिड्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुवरले जानकारी दिनुभयो । यो आदेशको उल्लंघन गर्नेलाई प्रहरीले तुरुन्त पक्राउ गरी कानुन बमोजिम कारवाही चलाउने र यदि यो नियम बर्खिलाप गरी विना स्वकृति आवतजावत वा निषेधित कार्यहरु गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले गोलि समेत चलाउन सक्ने प्रजिअ कुँवरले बताउनु भयो ।

बर्दियाको सदरमुकाम गुलरियाको पूर्वमा निलो आयल पेटोल पम्प, पश्चिममाः बसपार्क हुदै राधाकृष्ण चोकको दक्षिण भागसम्म दक्षिणमाः भन्सार रोड जाने शिवालय चोक, जिल्ला कृषि विकास उत्तरमाः मिलनचोक, कृषि विकास बैक चोक, सन्तोषी मन्दिर चोकमामा भन्सार रोड जाने शिवालय चोक , जिल्ला कृषि विकास कार्यलय सम्म विहान ११ बजे देखि साँझ ६ बजे सम्म निषेधाज्ञा जारी गरिएकोे छ ।
यसैगरीे राजापुर नगरपालीकाको पूर्वमा मुरकट्टा नाला, पश्चिममा इलाका वन कार्यालय, उत्तरमा राजापुर चोक र दक्षिणमा सिनेमा हलमा विहान ११बजेदेखि साँझ ६बजे सम्म निषेधाज्ञा जारी गरिएको छ ।

जारीआन्दोलनलाई ध्यानमा राखि यस बाट हुन सक्ने अराजक, हिंस्रक, झडपको स्थिति, विभिन्न स्थानहरुमा बन्द, घेराउ, तालाबन्दी, तोडफोड जस्ता हुल दंगा, अशान्ति र हिंस्रक क्रियाकलाप हुन सक्ने सम्भावना भएकोले सर्वसाधरणको जीउधनको सुरक्षाको साथै शान्ति, सु–व्यवस्था र सार्वजनिक अमन चयन, सहिष्णुता, पारस्पारिक सद्भाव र भाईचारा कायम राख्न अति आवश्यक देखिएको भन्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया