2026-07-26 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अस्थायी होटेल संचालन भएसंगै उरै पदयात्री पनि बढे

मकरराज धामी/भदौ २७, बझाङ । उरै पदयात्रामा अस्थायि होटलहरु संचालन भए संगै पदयात्रीहरु पनि बढन थालेका छन् । 

यो क्षेत्र पर्यटकहरुको रोजाईमा पर्ने भए पनि क्याम्पिङ गरेर जाँदा भरिया संगै खाना खर्च पनि महंगो हुने भएका कारण पदयात्रीको संख्या कमै थियो । पछिल्लो समयमा उरै भञ्जाङ पदयात्रा आउने यात्रीहरुका लागी स्थानीयहरुले अस्थायी होटल सञ्चालन गर्ने क्रम बढे पछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बृद्धि भएको छ । 

विषेश गरी काडा गाउपालिकामा वसोवास गर्दै आएका भोटे जातीहरुले यार्सागुम्बाको सिजनलाई लक्षित गर्दै उरै क्षेत्रका विभिन्न ठाँउहरुमा त्रिपाल टाँसेर होटल व्यवसाय गर्दै आएका थिय । गत बर्षहरुको तुलनामा पदयात्रीको संख्या पनि बढदै गएकोले होटल व्यवसायिहरु पनि चैत देखि कात्तिक सम्म बस्ने गरेका छन् ।  

चैत्र देखि असार मसान्त सम्म यस क्षेत्रमा होटल व्यवसायि गर्दै आएका काडाका स्थानियहरु उरै पदमार्गमा यात्रीहरुको संख्या बढे संगै चैत देखि असोजसम्म अस्थायी होटलहरु संचालन गर्दे आई रहेका छने । बाहिरबाट हेर्दा सामान्य लागे पनि पर्यटकहरुलाई सन्तुष्टि दिनमा कुनै कसुर बाँकी राख्दैनन । कार्तिक पहिलो हप्ता तिर हिउँ पर्न सुरु हुने र बाटो कठिन हुने हुँदा पदयात्रामा यो बाटो भएर कमै जाने भएकाले होटेल संचालकहरु अस्थायी होटल बन्द गरेर बेंसी झर्ने गरेको नेपाल चीन व्यापार संघका सचिव जगत तामाङले बताए । उनले भने उरै क्षेत्रमा कात्र्तिकको पहिलो हप्ता बाट हिउपर्ने भएकाले पर्यटकहरुका लागी त्यति राम्रो समय मानिदैन उच्च हिमालि क्षेत्र भएकाले चीसो पनि अत्याधिक हुन्छ त्यसैले ६ महिना जति मात्र होटल संचालन हुन्छ । 

सदरमुकाम चैनपुर देखि करिब ६ दिन लाग्ने पदयात्रा पछि उरै पुगिन्छ । सदरमुकाम चैनपुरबाट २२ किलोमिटर जिपको यात्रापछि सुरु हुने पदयात्रा मार्गको तल्कोट, स्याडा, पनाल्त, कुवा र जाईलेकमा व्यवस्थित स्थायी होटल नै खोलिएका छन् । काडा गाउपालिकाका विभिन्न ठाँउहरुमा पनि स्थायि होटेलहरु भेटिन्छन् । 

काडा गाउपालिकाको धुली भन्दा माथि मानव बस्ती छैन । यद्यपि ठाउँठाउँमा खोलेका यहाँका अस्थायी होटलले दिने सुविधा र आतिथ्यताले पदयात्रीहरुलाई एक्लो महसुस गर्न दिएको छैन । त्रिपाल भित्र रहेका यी होटलहरुमा रात्रिको बास आरामदायी त हुन्छ नै तिब्बती र नेपाली परिकारहरुको स्वाद संगै सञ्चालकहरुको मिठो मुस्कान सहितको स्वागतले पर्यटकको मन लोभ्याउने गरेको छ । मधुरस पारखीहरुका लागि च्याङ्ग्राको सुकुटी र भोटे जनजातिले घरेलु प्रविधिबाट तयार पारेका विभिन्न थरीका मदिराको यस पदयात्रा मार्गमा पुग्नेहरुले प्रशंसा गर्ने गरेका छन् । 

क्याम्पिङ गरेर जाँदा पदयात्रामा निस्कदाँदा निकै खर्चिलो हुने गरेको छ । क्याम्पङिमा जाँदा त्रिपाल,सिलपिङ व्याग, खाद्यान्न तथा भाडाँकुडा लगायतका सामान बोक्दा भरिया खर्च दिनु पर्ने भएकाले यात्रा महंगो हुने गरेको थियो । अहिले सामान्य खर्च गरेर बस्ने हो भने उरै पदयात्राको लागी होटलमा बस्दा बिहानको नास्तादेखि साँझको खाना र आवास खर्च गरेर दैनिक १ हजार पाँच सय भए पर्याप्त हुने होटल सञ्चालक कलक रोकायाले बताए । 

धुपी सल्लाको दाउरामा पकाएको मिठो खानाले पदयात्रीहरुको थकान क्षण भरमै मेटाईदिन्छ । नेपाली परिकार दालभात, रोटी तरकारी देखि तिब्बतियन खाना बनाउन सिपालु यस क्षेत्रका होटल सञ्चालकहरु ग्राहकको सुन्तुष्टिको लागी पनि उत्तिकै ख्याल गर्ने गर्दछन् । 

यस्तो निर्जन ठाउँमा पनि राम्रो सेवा सुविधा दिएको छ एकदम राम्रो छ भनेर पदयात्रीहरुले प्रशंसा गर्ने गरेको अर्का होटल सञ्चालक महिमान तामाङले बताए । तिब्बतका ताक्लाकोटबाट ल्याइएका विभिन्न ब्रान्डको मदिरा र तिब्बती परिकार पदयात्रीको रोजाईमा पर्ने गरेको उनले बताए । दैनिक १० देखि १५ जना जति ग्राहक आइरहने भएका कारण होटल सञ्चालकका लागि पनि राम्रै फाइदा हुने गरेको उनको भनाई छ ।  

उनले भने ‘छ महिना पुरै बस्ने हो भने एक सिजनमा चार पाँच लाख जति कमाईन्छ । हिमाली जनजीवन, हिमालको दृश्यावलोकन, बाटोमा पर्ने विभिन्न ताल र झरनाको अवलोकन तथा उच्च स्थानमा पाइने जैविक विविधता र यहाँको धार्मिकस्थलको अवलोकन का साथै नेपाल चिन व्यापारको बारेमा जानकारी लिन पनि पछिल्लो समय विभिन्न क्षेत्रका पर्यटकहरु उरै भञ्ज्याङ सम्म पुग्ने गरेका छन् । 

उरै पदयात्रामा बाटोमा संचालन अस्थायि होटेल । तस्विर: मकरराज धामी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ