2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पीडामा बागलुङको पहिरो प्रभावित

भदौ २७, बागलुङ। पहिरोको त्रासले गाउँ छाडेको १५ दिनपछि निसीखोला गाउँपालिका–१ हुल्दीका पवन सिँजालीमगर पुनःसपरिवार घर फर्कनुभएको छ । 

पहिरोबाट बच्न उहाँलगायत हुल्दीका दर्जनौँ परिवारले नजिकको विद्यालयमा आश्रय लिएका थिए । वर्षा कम भए पनि हुल्दीवासीमा त्रास भने अझै महिना दिनअघिकै जस्तो छ । गत साउन २० गतेको भिषण वर्षापछि आएको पहिरोले सिंगो गाउँ नै जोखिममा छ । “पानी पर्न कम भएपछि गाउँलेहरु घर फर्कदै छन्, कोही त अभैm लेकको खर्कमै छन्” सिँजालीमगरले भन्नुभयो । 

हुल्दीको समस्या नौलो भने होइन, वर्षेनी यो गाउँ पहिरोको चपेटमा छ । यो वर्ष गाउँको बीचबीचबाट ठूला पहिरो धसिएपछि १५० परिवार स्थानान्तरण भएका हुन् । जग्गा चिरिने, भाँसिने, घर गोठ चर्कने हुन थालेपछि त्यहाँका बासिन्दा घरबारै छोडेर सुरक्षित स्थलतर्फ लागेका थिए । घर आए पनि ढुक्कसँग बस्ने अवस्था नरहेको पहिरो प्रभावित बताउँछन् । पहिरोमा आमा र घरसमेत गुमाउनुभएका लालबहादुर सिँजालीमगर अहिले दाजुको घरमा बस्दै आउनुभएको छ । 

पहिरोमा पुरिएर उहाँकी वृद्ध आमा खगिसराको ज्यान गएको थियो । “अहिले पनि पानी प¥यो भने रातभर जाग्रम बस्छौँ, कसैका घर पनि सुरक्षित छैनन्” सिँजालीमगरले भन्नुभयो । भिषण वर्षा र पहिरोले चर्काएका घर पानी पर्नासाथ भत्कन सक्ने उहाँको चिन्ता छ । 

पहिरोका कारण उहाँसहित अन्य दुई परिवारको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । स्थानीय मोहन राम्जाली र मनबहादुर सिँजालीमगर घर नभएपछि अहिले छिमेकीकोमा आश्रित हुनुहुन्छ । पहिरोले निसीखोला गाउँपालिका–२ बाहुन गाउँमा पनि क्षति पु¥याएको छ । सो वडाका बस्ती पनि उच्च जोखिममा रहेको बताइएको छ । 

वर्षेनी पहिरोको त्रास व्यहोर्दै आएका हुल्दीबासीले सरकारसँग सुरक्षित आवाससहित सिंगो गाउँलाई नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन् । आफ्ना गुनासा र मागलाई सम्बन्धित निकायमा पु¥याउन गाउँलेले लालबहादुर सिँजालीमगरको संयोजकत्वमा पहिरो पीडित समिति पनि गठन गरेका छन् । वर्षौंदेखिको समस्या समाधानका लागि राज्यपक्ष जिम्मेवार नभएकामा अझैसम्म गाउँबासी आक्रोशित छन् । 

“वर्षेनी यो समस्या बल्झिन्छ, यसको दीर्घकालीन समाधान निकाल्नुपर्छ” स्थानीय डम्बर बुढाले भन्नुभयो “पूरै गाउँ पहिरोले क्षतविक्षत छ ।” अघिल्ला वर्षको तुलनामा यसवर्ष ठूला पहिरो खस्न थालेकाले समस्या झन् गहिरिएको हो । मृतु भएकाका परिवर र घर पूर्ण क्षति भएकाले केही राहत पाए पनि अन्य परिवारले भने राहत पाउन सकेका छैनन् । पुनःस्थापनाको माग गरेका उनीहरुले कसैले समस्याको सुनुवाइ नगरेको बताएका छन् । गैरसरकारी क्षेत्रबाट आउने राहत पनि यस दुर्गम लेक बस्तीमा आउन नसकेको उनीहरुको गुनासो छ । 

स्थानीय जनप्रतिनिधिले पनि गाउँलेको पुनःस्थापनाका लागि कुनै कदम नचालेको प्रभावितले आरोप लगाएका छन् । वडा नं १ का वडाध्यक्ष इन्द्र मल्लले गाउँपालिकामार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिमा पुनःस्थापनाका लागि माग सहितको ध्यानाकर्षण गराइएको बताउनुभयो । उहाँले गाउँलाई नयाँ सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको विकल्प छैन भन्नुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले पुनःस्थापनाका लागि प्राविधिक अध्ययनको तयारी भइरहेको जानकारी दिनुभयो । जलउत्पन्न प्रकोप र जिल्ला भू–संरक्षण कार्यालयले प्राविधिक अध्ययन गरेपछि काम अघि बढ्ने उहाँले बताउनुभयो । “बस्ती नयाँ ठाउँमा बसाउनुपर्ने अवस्था छ, प्राविधिक अध्ययन प्रतिवेदन आएपछि केन्द्रसँग समन्वय गरेर अघि बढ्छौँ” सहायक प्रजिअ गिरीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो