पढ्न करिब 2 मिनेट लाग्छ

पर्वत । एकात्मक राज्य प्रणालीलाई अन्त्य गरी संघात्मक प्रणालीमार्फत पहिलो स्थानीय तहको निर्वाचन सम्पन्न भइ अन्य गाउँ÷नगरमा योजना कार्यान्वयन अगाडि बढि सक्दा पनि कुश्मा नगरपालिकाले समयमै नगरपरिषद गर्न नसक्नुमा माओवादी केन्द्रका स्थानीय सरकार संचालन सहयोग समितिका प्रमुख शंकर गिरीले दुखद भएको बताएका छन् ।

कुुश्मा नगरपालिकालाई लामो समयदेखि एमाले र काँग्रेसले बन्दक बनाउँदा नगरसभा हुन नसकेको प्रति खेद प्रकट गर्दै गिरीले राजनीतिक भागभण्डामा नगरलाई लैजान खोजेको आरोप लगाए ।

संघीयताको मुल मर्म निर्वाचित जनप्रतिनिधिहरुले नबुझेको र नगरपालिकालाई पार्टीको झण्डाको आँखाद्वारा हेर्ने र नागरिकलाई सास्ती दिने काम भएको उनले बताए ।

नगरलाई राजनीतिक बन्दक बनाउने र भागबण्डका आधारमा नगरपालिकामा लुटतन्त्र मच्चाउने सडयन्त्र रच्न खोजिएको त होइन ? भन्ने आशंका छ ।, लामो समय नगरसभा हुन नदिने र अहिले ठोस विषय बाहिर नआइपुग्दै एकाएक नगरसभाको तयारी हुनुले आशंका पैदा गरेको उनले बताए ।

पहिले के कारणले नगरसभा हुन दिइएन र अहिले कुन विषयमा सहमति भयो त्यसको बारेमा कसैलाई जानकार छैन । नगरमा आआफ्नो दम्भ देखाइयो । हलो अट्काउने र गोरु चुट्ने काम भयो यस्तो कार्यले नगरपालिका समृद्ध हुन सक्दैन उनले भने ।

नगरको विकास र समृद्धिको लागि स्थानीय राजनीतिक दल, सरोकारवाला निकायहरुसँग सहकार्य गरेर अगाडि बढेमात्रै नगरको विकास हुने भन्दै गिरीले कसैले पनि दम्भ देखाउन नहुने बताए ।

राजनीतिक आँखाले नभई विधि र पद्दती अनुसार नगरपालिकालाई चलाउन सके मात्रै समृद्ध हुनेमा उनको जोड छ ।

उनले सवैको जनसहभागीतामा नगरपालिकालाई संचालन गर्न भन्दै २८ वटा कार्ययोजना सहित मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।