2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

मोहनले बनाए नयाँ नेपाल

प्रभात सुवेदी/भदौ १९, बर्दिया । मुलुकमा अस्थिरता बढ्दै गएको छ, संघीयता अर्थात राज्यको पुर्नसंरचनामा चित्त नबुझेर विभिन्न भाषिक तथा जातिय सम्प्रदायहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलन हिंसात्मक बनिरहेको छ ।

unnamed

दर्जन बढी व्यक्तिहरुको ज्यान गैसकेको छ । तर पनि कहिले बन्ने हो नयाँ नेपाल अनि नयाँ संविधान ? तर बर्दियाका एक शिक्षकले बनाएका छन् नयाँ नेपाल । सधैं अध्ययन र अध्यापन कार्यामा व्यस्त रहने बर्दियाली शिक्षक मोहनसिंह थापाको प्रथम व्यङ्ग्य कृति नयाँ नेपालको सदरमुकाम गुलरियामा शनिबार लोकार्पण गरिएको छ ।

कृष्णसार पाठक मञ्च र बर्दियाली साहित्य समाजको आयोजनामा थापाको कृति लोकार्पण गरिएको हो । कृतिको लोकार्पण प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवर, बर्दियाली साहित्य समाजका अध्यक्ष ईन्द्रराज पौडेल र कृष्णसार पाठक मञ्चका सचिव मुकुन्द सुवेदीले गर्नुभएको हो ।

unnamed (1)
कृति लोकार्पण पश्चात शुभकामना दिँदै बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले साहित्य सिर्जना सधैं निराशावाद उन्मुख हुनुभन्दा आशावादी पनि हुनुपर्ने कुरा औंल्याउँदै कृतिकारको प्रयासको सह्राना गर्दै आगामी दिनमा अझै समाजको सकारात्मक रुपान्तरणको लागि अर्को कृति ल्याई साहित्यिक मार्गलाई निरन्तरता दिनका लागि शुभकामना दिनुभयो ।

कृतिमाथीको समिक्षात्मक टिप्पणी गर्दै साहित्यिक व्यक्तित्व प्रमोदकुमार तिमिल्सिनाले यो कृति हरेक विषयवस्तुहरु समेटिएर लेखिएको हुनाले अत्यन्तै उत्कृष्ट भएको बताउनुभयो । कृतिकार मोहनसिंह थापाले आफू फरक परिवेशबाट हुर्केको र जातिय विविधताको अनुभव भएकोले यही प्रसंगबाट प्रेरित भएर यो कृति तयार गरेको बताउनुभयो ।

कार्यक्रममा बर्दियाली साहित्य समाजका सचिव हरिहर शर्मा आचार्य, दलित सेवा संघका भिमलाल विश्वकर्मा, नेपाल पत्रकार महासंघ बर्दियाका पूर्व अध्यक्ष एवम् बर्दियाली साहित्य समाजका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद धितालले कृतिको पूर्ण सफलताको कामना गर्नुभएको थियो ।

बर्दियाली साहित्य समाजका अध्यक्ष कवि ईन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, कृष्णसार पाठक मञ्चका सदस्य बामदेव ज्ञवालीले स्वागत गर्नुभएको थियो ।

विभिन्न क्षेत्रका विद्धत व्यक्तित्वहरु, पत्रकार, शिक्षक लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । लोकार्पण कार्यक्रमको लगत्तै कृष्णसार पाठक मञ्चको सातौं श्रृंखला सचिव मुकुन्द सुवेदीको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक