भास्कर के.सी/भदौ २७, कञ्चनपुर । जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले सोमबारदेखि छाडा पशु चौपायाका तथ्याङ्ग संकलन शुरु गरेको छ । 

भीमदत्त नगरपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी/भदौ २७, कञ्चनपुर । जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले सोमबारदेखि छाडा पशु चौपायाका तथ्याङ्ग संकलन शुरु गरेको छ । 

भीमदत्त नगरपा"/>

२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा छाडा पशु चौपायाको तथ्याङ्क संकलन शुरु

२०७४, २७ भाद्र मंगलवार १२:२५


भास्कर के.सी/भदौ २७, कञ्चनपुर । जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले सोमबारदेखि छाडा पशु चौपायाका तथ्याङ्ग संकलन शुरु गरेको छ । 

भीमदत्त नगरपालिका–१८ सालघारीबाट छाडा पशु चौपायामा ट्याक लगाउदै तथ्याङ्क संकलन गरिएको छ । छाडा पशु चौपायाको शरिरमा प्रमानेन्ट रङ्ग लगाएर गणना गरिदै छ ।

जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरका प्रमुख डा. मदन सिह धामीले छाडा पशु व्यवस्थापनका लागि तथ्याङ्क संकलन भईरहेको बताए । दुधाल’, थारा, कोरेली, बहर, बाच्छा, बाच्छीको छुट्टा छुट्टै तथ्याङ्क संकलन भईरहेको बताए । छाडा पशुको अत्यधिक समस्या भएको बताउदै उनले पशु व्यवस्थापनका लागि सर्वप्रथम डाटा चाहिने हुँदा एक हप्ता भित्र तथ्याङ्क संकलन कार्य सकेर एकिन तथ्याङ्क भएपछि व्यवस्थापनको योजना निर्माण गर्न सकिने समेत बताउनुभयो । 

पछिल्ला बर्षहरुमा कञ्चनपुरमा छाडा पशु चौपायाका कारण सर्वसाधारण हैरान भएका छन् । राजमार्गदेखि किसानको खेतबारीसम्म छाडा पशुले आतङ्क मच्चाउँदा समस्या बढेको छ । राजमार्ग बजार क्षेत्रमा फोहोरका साथै दुर्घटना भईरहेका छन्, भने गाउँमा किसानको पाक्नै लागेको अन्नबाली नष्ट गरिदिदा किसान मारमा परेका छन् । छाडा पशु चौपायाका कारण कञ्चनपुर आक्र्रान्त बन्दै गईरहेका बेला कञ्चनपुरका स्थानीय तहले बजेट समेत विनियोजन गरेको छ । 

जिल्लाका दुई गाउँपालिका सहित ७ वटै नगरपालिकाले पहिलो गाउँ/नगर परिषद्बाटै बजेट विनियोजन गरेर छाडा पशु चौपाया व्यवस्थापनमा योजना अघि सारेका छन् । पुर्व पश्चिम महेन्द्र राजमार्गका संगै जोडिएका भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले संयुक्त ? रुपमा छाडा पशु चौपया व्यवस्थापनमा सहमत भएका थिए । राजमार्ग क्षेत्रमा छाडा पशु चौपायाका कारण दिनहुँ दुर्घटना निम्तिएकाले चार वटै नगरपालिकाले संयुक्त रुपमा छाडा पशु व्यवस्थापनमा एकमत भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो