Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बझाङमा जनता आवास कार्यक्रमबाट एक सय घरधुरी लाभान्वित हुँदै

By kit

सम्राट सिंह/भदौ २७, बझाङ । नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत बझाङ जिल्लाका एक सय घरधुरी लाभान्वित हुने भएका छन ।

जिल्लाका एक सय दलित विपन्न घरधुरी नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत लाभान्वित हुने भएका हुन । जिल्लाका एक सय विपन्न दलित घर परिवारलाई सरकारले २ लाख ४७ हजार लागतका २ कोठे घर निर्माण गर्ने गरेको छ । गतबर्ष जनता आवास कार्यक्रमबाट जयपृथ्वी नगरपालिका चैनपुरका ५० घरधुरी र थलारा गाउँपालिकामा ५० घरधुरी  लाई २ कोठे घर निर्माण गर्न रकम विनियोजन गरिएको थियो ।

गतबर्षका भवन निर्माण नसकिदै फेरी बझाङ जिल्लामा एक सय घरधुरीलाइ २ कोठे भवन निर्माणका रकम आएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका सव इन्जिनियर रतनलाल रतालाले बताए । जिल्लाका एक सय विपन्न दलित घरधुरीका लागि रकम  आएको तर कुन ठाउँमा लागु हुने भन्ने एकिन नहुन सकेको उनको भनाइ छ ।

विपन्न दलितका लागि जनता आवास कार्यक्रम लागु त भयो तर अधिकांश विपन्न दलितका सट्टा हुनेखाने दलितका मात्र घर निर्माण भएको सदरमुकाम चैनपुरका मदन दमाइले बताए । गरिब जनताका घर निर्माणका लागि सरकारले लागु गरेको जनता आवास कार्यक्रम सकारात्मक भएको भन्दै उहाँले जिल्लामा खटिने कर्मचारीहरुको पूर्वागा्रहिले भवन वितरण गर्दा विपन्न दलितले नपाएको गुनासो गरे ।

यसरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीबाट जिल्लामा बितरण भएका २ कोठे भवन प्रायजसो पहुँच भएका दलितहरुले मात्र पाएको स्थानियको आरोप छ । अब जिल्लामा निर्माण हुने भवन ठूला ठूला घर भएका हुने खाने दलितका घर निर्माण नभएर निश्पक्ष छनौट गरी विपन्न दलितहरुका घर निर्मांण गर्नुपर्ने जनाएको छ ।

केहि घरधुरीहरुले घर ठूला भएपनि सानो झुप्रो देखाउँदा उनीहरुका घर छनाटैमा परेको हुनसक्ने र यसबर्ष निश्पक्ष छनौट गरि विपन्न दलितहरुका घर निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीले जनाएको छ ।