2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

शिक्षक महासंघले मनायो छुट्टै शिक्षा दिवस

भदौ २२, बर्दिया । जिल्ला शिक्षा समिति बर्दियाले सदरमुकाम गुलरिया स्थित जिल्ला विकास समितिको सभाहलमा ३६ औं अन्तराष्ट्रिय साक्षरता दिवस तथा शिक्षा दिवसमा आयोजना गरिएको कार्यक्रमलाई बहिस्कार गर्दै जिल्लास्थित विभिन्न शिक्षाका पेशागत संघ संगठनहरुले शिक्षक महासंघको समन्वयमा अलग्गै मनाएका छन् ।
यसपटक विभिन्न विधामा प्रदान गरिने सम्मान तथा पुरस्कारहरु समेत शिक्षकहरुले बहिस्कार गरेका छन् । सदरमुकाम गुलरिया स्थित श्री वगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालयमा आयोजित सभामा बोल्ने अधिकांश शिक्षक संघ संगठनका नेताहरुले विगतमा भएमा सम्झौताहरुको कार्यान्वयन नगरिएको, वर्तमान संविधानको मस्यौदाको अनुसूची ७ को ९ मा समावेश गरिएको वुँदा र नालायक शिक्षा मन्त्रीको व्यवहारप्रति असन्तुष्टि जनाएका थिए ।

 

 

साथै शिक्षा अधिकार र कर्तव्यका लागि हुनेपर्ने, निजामती सेवाका व्यक्तिहरुले आफ्नो कार्यविधी आँफै बनाउने तर शिक्षकहरुका ऐन नियमहरु शिक्षकहरुले बनाउन नपाउनृृे भएकाले यसका लागि दवाव दिन र एकता र सहकार्यमा जोड दिनका लागि यो आन्दोलनको कार्यक्रम घोषणा गरीएको शिक्षक संगठनका जिल्ला अध्यक्ष लोकमणि आत्रेयले बताउनुभयो ।

यसैगरी शिक्षक महासंघ केन्द्रिय उपमहासचिव ज्ञानेन्द्र रावलले हामीलाई पनि सरकारी कार्यक्रममा गएर मेडल थाप्न मन थियो तर हामीले यो कार्यक्रमको आयोजना गर्नु रहर नभएर बाद्यता भएको वताउनुभयो । शिक्षक यूनियन बर्दियाका निवर्तमान अध्यक्ष नवराज ढुङ्गानाले शिक्षकको अस्थायी सेवाको वाद्यकारी अवस्थाको अन्त हुनेपर्ने बताउँदै हाम्रा कुरा सुनियोस भनेर सरकारको कार्यत्रम बहिस्कार गरेको बताउनुभयो ।
शिक्षक महासंघका केन्द्रिय सदस्य युगलकिशोर मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अर्जुन तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक